रूपन्देहीमा एसईई परीक्षाको पूर्ण तयारी / प्रत्येक परीक्षा केन्द्रहरूमा आइसोलेसन कक्ष राखिने

काठमाण्डौं /५ चैत– चैत ६ गतेबाट संचालन हुने माध्यमिक शिक्षा (एसईई) परीक्षाका लागि रूपन्देही जिल्लाबाट सम्पूर्ण तयारी भएको छ ।
कोरोना भाईसरको संक्रमणबाट सावधान रहन प्रत्येक परीक्षा केन्द्रहरुमा आइसोलेसन कक्ष र हेल्थ कक्ष समेत राखिने शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख उपसचिव दीपेन्द्र ढकालले जानकारी दिएका छन् ।
परीक्षार्थीहरुलाई भिडभाड हुन नदिन, विद्यालय भित्र पालो मिलाएर बस्ने व्यवस्था मिलाउन रुपन्देही शिक्षा विकास तथा समन्वय इकाईले निर्देशन समेत दिएको छ ।
रूपन्देही जिल्लामा ५६ वटा परीक्षा केन्द्रहरु कायम गरिएको छ जसमा ५४ वटा साधारण धारका नियमित विद्यार्थीहरुको परीक्षा केन्द्र जसमा १६९४३ परीक्षार्थीहरु सहभागी हुने भएका छन भने प्राविधिक धारको ११ वटा विद्यालयहरुको परीक्षा केन्द्र ठुटीपिपल मा.वि.मा रहेको छ जसमा ३९९ विद्यार्थीहरु सहभागी हुनेछन् । त्यस्तै, न्यू ईरा वोर्डिङ स्कूल केन्द्र जसमा ग्रेड वृद्धिका ५१८ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
सो जिल्लामा एसईई परीक्षामा सहभागी हुने विद्यालय ३१७ वटा रहेका छन् भने १७,४६४ विद्यार्थीहरु एसईईमा सहभागी रहने छन् । रूपन्देही जिल्लाको कालिका मानवज्ञान मा.वि बाट सबैभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् । सो विद्यालयबाट ४९८ जना परीक्षार्थीहरूको सहभागीता रहनेछ । सबै भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुने केन्द्रमा भने नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. केन्द्र परेको छ । जसमा ५७४ जना ११ वटा विद्यालयका परीक्षार्थीहरू सहभागी रहनेछन् । सबै भन्दा थोरै विद्यार्थी भएको विद्यालय सीता किङ अंग्रेजी बोर्डिङ स्कुल सुद्धोदन जसमा २ जना विद्यार्थी परीक्षामा सहभागी हुदै छन् । त्यस्तै, कम परीक्षार्थी सहभागी हुने परीक्षा केन्द्रबाट सुनगाभा पब्लिक मा.वि. सैनामैना जसमा १३६ विद्यार्थीहरू परीक्षामा सहभागी हुदै छन् । जिल्ला कारागारबाट भने नियमित १ परीक्षार्थी, बाल सुधार गृहबाट २ जना नियमित र १ ग्रेड वृद्धिका परीक्षार्थीहरूकाे सहभागीता रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *