वाग्मती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन संशोधन गर्ने

मकवानपुर/२४ बैशाख – वाग्मती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । संरक्षक समितिमा मनोनीत भएका संरक्षण समितिका पदाधिकारीहरू पदावधिको विषयमा अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।


आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । उक्त ऐनको दफा १३ को (५)लाई संशोधन गर्न अनुकूल देखिएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।


संरक्षक समितिमा मनोनीत भएका संरक्षण समितिका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ४ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ ।


उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ४ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *