किताब पढ्ने मानिसहरु सफल हुने सम्भावना बढि


काठमाडौं/२८ फागुन–सानै उमेर देखि हामीलाई सबैले किताब पढ भनेर सिकाउनु हुन्थ्यो । हामीलाई सबैले सकेसम्म पढ्नु र पढ्पछि मात्र सफलता हासिल गर्न सकिन्छ भनेर सिकाइन्थ्यो । किताब पढेपछि व्यक्ति बुद्धिमानी र ज्ञानवान हुन्छ भन्ने हामी सबैलाई थाहा छ । किताब पढ्ने व्यक्तिमा त्यस्तो के खुबी आँउछ, जसले गर्दा उ सफल व्यक्ति हुन्छ । यसकारण किताब पढ्ने व्यक्ति सफल हुनुका सुत्रहरु यस प्रकारका छन् :


किताब पढ्ने बानीले, ध्यान बढाँउछ
मानिस सफल बन्नको लागि आफ्नो काममा केन्द्रित हुनुपर्छ । उनीहरु लामो समय सम्म कार्यमा ध्यान केन्द्रित गर्न सक्षम हुन्छन् । किताब पढ्ने व्यक्तिले किताबमा भएको कुराहरुलाई ध्यानका साथ पढ्ने गर्छन् । जसबाट पछि गएर काममा ध्यान दिने बानिनै बन्न पुग्छ । र यसले सफल बन्नमा सहयोग गर्छ ।


उनीहरुले लक्ष्य निधारर्ण गर्छन्
कुनै पनि किताब पढ्दा पाठकले किताबको कति पाना पढ्ने, कति पाठ पढ्ने भनेर निधारर्ण गर्छन । र त्यहि अनुसारले किताब पढ्ने गर्छन । जीवनमा सफल हुन पनि यहि सुत्रको आवश्यकता पर्दछ । कुनै पनि काम गर्नु छ भने आफ्नो लक्ष्यलाई कसरी पुरा गर्न सकिन्छ भन्ने ध्यान राख्नुपर्दछ । लक्ष्य निधारर्ण गर्ने बानीले हामीलाई सफलता प्राप्त गर्न मद्दत पुराउछ ।


आफ्नो समय सदुपयोग गर्छन
समय एकदमै महत्वपूर्ण हुन्छ । समयले कसैलाई कुर्दैन । किताब पढ्ने व्यक्ति कहिले पनि आफ्नो समय खेर फाल्दैनन् । उनिहरुले कुनै पनि काम नभएको बेलामा पनि किताबहरु पढि राख्छन् । यसरि समय सदुपयोग गर्ने बानीले हामीलाई सफल बन्न मद्दत गर्छ ।


उनीहरुसँग आफ्नो दृष्टिकोण हुन्छ
हजारौं किताब हुन्छन् र ती किताबहरुमा हजार थरिका कुराहरु लेखिएको हुन्छ । हरेक पल्ट छुटाछुटै कुरा पढेपछि व्यक्तिको हरेक कुरा प्रति आफ्नो एक छुटै दृष्टिकोण बनाउन थाल्छ । यो एक सफल व्यक्तिमा हुनु पर्ने एक गुण हो । एक सफल व्यक्तिले जहिले पनि आफ्नो र अरुको नजरियाबाट हेर्ने कोशिस गर्छ ।


लेख्ने र बोल्ने क्षमताको विकास हुन्छ
मानव इतिहासमा सबैभन्दा ठुला वक्ताहरु सबै पढेर नै ठूला मानिस भएका हुन् । किताबमा सफल व्यक्ति उनीहरुको प्रेरणादायी कुराहरु लेखिएको हुन्छ जसबाट हामीले धेरै कुराहरु सिक्न सक्छौ । त्यसले हाम्रो सहि बोल्ने र लेख्ने क्षमता विकास गर्छ ।


स्मरण शक्ति बढेको हुन्छ
जति हामीले नयाँ नयाँ कुरा पढदै गयौं त्यति नै हाम्रो स्मरण शक्ति पनि बढ्छ । पाठकहरुले बझ्छन् मस्तिष्क वास्वमै कत्ति शक्तिशाी छ । जति पढयो र सिक्यो त्यति नै जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नयाँ कुरा सिक्न दिक्क मान्दैनन जसले गर्दा किताब पढ्नेहरुको मेमोरि पावर बढाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *