विद्यार्थी खोज्दै भीमसेन थापा गाउँपालिका

गोरखा/१२ चैत – गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने उदेश्यले सो अभियान सञ्चालन गरेको हो ।


गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराले बताए ।


उनले पालिकाका ८ ओटै वडाहरूमा “विद्यार्थी खोजौँ र विद्यालय बचाऔ“ अभियान सञ्चालन गरिएको बताउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्देशन दिएका छन् ।


भिमसेन थापा गाउँपालिकाभित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षक अभिभावक संघका पदाधिकारीहरूका बालवालिकाहरूलाई सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ देखि अनिवार्य रूपमा भर्ना गराउनु पर्ने निर्णय पालिकाले निर्णय गरेको छ ।


साथै कुन–कुन पदाधिकारीहरूका बालबालिकाहरू सामुदायिक विद्यालयहरूमा भर्ना नभई निजी वा संस्थागत विद्यालयहरूमा अध्ययनरत छन्, आफ्नो वडाभित्रको सम्पूर्ण विवरणहरू चैत १५ भित्र शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *