प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमको आंशिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ /५ चैत – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूको आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम परीक्षा आवेदन फाराम भरेका प्रि–डिप्लोमा तहका निजी, आङ्गिक, साझेदार तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विभिन्न कार्यक्रमहरूको आंशिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।


शिक्षालयहरूको विभिन्न १८ महिने कार्यक्रम अन्तर्गत (१२+६) र (१५+३) महिना अवधिका कार्यक्रमहरू, २४ महिने कार्यक्रमहरू, विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू, स्वास्थ्य कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमहरूको आंशिक परीक्षाका लागि परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।


शैक्षिक सत्र २०७९/०८० मा भर्ना भएका प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा यही आगामी २०८१ वैशाख ०४ गते मङ्गलबारदेखि सञ्चालन हुने जनाएको छ । विस्तृत परीक्षा तालिका www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *