प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा आवेदन खुल्यो

काठमाडौँ /२९ माघ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटइिभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको (एक विषय) मौका परीक्षाको परीक्षा आवेदन फाराम भरी बुझाउन सूचित गरेको छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन ÷ स्वीकृति प्राप्त गरी परिषद्का आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेका तथा निजी स्तरमा प्रि–डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरू (प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम र २४ महिने अप्रेन्टिसिप समेत) सञ्चालन गर्ने शिक्षालयका परीक्षार्थीहरुका लागि मौका परीक्षाको परीक्षा आवेदन फाराम भरी बुझाउन सूचित गरेको हो ।


परीक्षा सम्बन्धी नियमावली २०७१ को नियम ३ ख (४) बमोजिम २०८० वैशाख महिनामा सञ्चालन भएको वार्षिक परीक्षामा सम्मिलित नियमित तर्फका परीक्षार्थीहरू मध्येबाट सैद्धान्तिकतर्फ एक विषय मात्र अनुत्तीर्ण भएका आंशिक परीक्षार्थीहरूले एक विषयको मौका परीक्षामा सहभागि हुन पाउने छन् ।


परीक्षा शुल्क रु.२००÷– (अक्षरुपी दुई सय मात्र) सहित सम्बन्धित शिक्षालयहरूले सम्बन्धित परीक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई परिषद्का प्रदेश कार्यालयहरूमा फाराम बुझाउनहुन सूचित गरेको छ ।


परीक्षार्थीको हकमा २०८० माघ २९ गतेदेखि फागुन १४ गतेसम्म र शिक्षालयको हकमा (रकम दाखिला गरेको बैंक भौचर सहित) २०८० फागुन १५ गतेसम्म आवेदन बुझाउनु पर्ने छ । साथै फागुन २६ गते शनिबार बिहान ८ः०० बजे परीक्षा सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *