सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान

काठमाडौँ /२६ माघ – सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आव्हान गरेको छ ।


सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट माघ २५ मा स्वीकृत “सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०“ बमोजिम दरखास्त आव्हान गरेको हो ।


इच्छुक तथा योग्य व्यक्तिले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np तथा विश्वविद्यालय अनुदान आयोगको वेबसाइटः www.ugcnepal.edu.np मा कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा १० दिनभित्र दरखास्त पेश गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *