८० वटा स्थानीय तहका १०८ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन माग

काठमाडौँ /२४ माघ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउनका लागि आवेदन माग गरेको छ । डिप्लोमा तहमा निःशुल्क अध्ययनका लागि प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।


आर्थिक वर्ष २०८००८१ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० वटा स्थानीय तहका १०८ जना छात्रछात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।


निर्धारित २०० कोटा मध्ये बाँकी रहेका १०८ कोटाहरूमा डिप्लोमा तहमा निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट प्रवेश परीक्षाको आवेदन फाराम भरी बुझाउनु प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले सूचित गरेको छ ।


योग्यता पुगेका विद्यार्थीहरूले माघ २५ गतेदेखि फागुन १६ गतेभित्र आफ्नो पालिका भएको प्रदेशमा आवेदन फाराम बुझाउनु पर्ने छ । साथै फागुन २६ गते प्रवेश परीक्षा सञ्चालन हुनेछ ।


यहाँबाट भर्नुहोस आवेदन फाराम :

Leave a Reply

Your email address will not be published. Required fields are marked *