४ लाख बढी विद्यार्थीले एसईई दिँदै, प्रश्नपत्र जिल्ला जिल्लामा


काठमाडौं/२४ फागुन– यस वर्षको माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षामा साढे ४ लाख बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
चैत ६ गतेबाट सुरु हुन लागेको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ जना परीक्षार्थी सहभागी हुने लागेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक राम राज खकुुँरेलले बताएका छन् । उनका अनुसार नियमतितर्फ सामान्य विषयमा ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिक धारमा ९ हजार ५ सय ९ जना विद्यार्थीले परीक्षा आवेदन भरेका छन् ।
यसैगरी, ग्रेडबृद्धितर्फ सामान्य विषयमा १६ हजार २ सय ४२ र प्राविधिक धारमा १ सय ४९ परीक्षार्थीले आवेदन भरेका छन् । गत वर्ष एसईईमा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिकतर्फ २४ हजार ८ सय १४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एसईई परीक्षा दिने विद्यार्थीको संख्या गत वर्ष भन्दा बढी भएपनि आंशिक परीक्षा दिने विद्यार्थी कम छन् ।
खकुुँरेलले यस वर्षको एसईई परीक्षाको लागि १९ सय ९४ परीक्षा केन्द्र निर्धारण गरिएको बताए । उनले एसईई परीक्षाको प्रश्नपत्र निर्माणको काम सकिएर प्रश्नपत्र सबै जिल्लामा पुुगिसकेको खबर एजुुकेशनलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *