काठमाडौँ /५ मंसिर – वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन माग गरेको छ ।
वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०८० को अनुसूची १ बमोजिम पुस ८ गतेभित्र आवेदन माग गरेको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्ष मुनीका बालबालिकाहरुले निवेदन दिन पाउने बोर्डले जनाएको छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउनेछन् ।