काठमाडौँ डनबस्को कलेज र भारतको लखनऊ विश्वविद्यालयबिच सम्झौता

काठमाडौँ/१३ असोज – काठमाडौँको लाजिम्पाटमा रहेको काठमाडौँ डनबस्को कलेज र भारतको लखनऊ विश्वविद्यालयबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक, अनुसन्धानका क्षेत्रमा नेपाली विद्यार्थीहरूलाई अन्तराष्ट्रिय बजारमा लैजान सहयोग हुने उदेश्यले सम्झौता गरिएको हो ।


सम्झौता पश्चात् काठमाडौँ डनबस्को कलेजमा बिबिए, एमविए र इएमबिए विषय अध्ययन गर्ने विद्यार्थीलाई भारतको लखनऊ विश्वविद्यालयले विद्यार्थीलाई इन्टर्नसिप गराउनुका साथै, कलेज र विश्वविद्यालयबिच फ्यकल्टि एक्स्चेन्ज गर्ने र अनुसन्धानमा विद्यार्थीलाई सहयोग गर्नेछन् ।


साथै विभिन्न कन्फरेन्स, सेमिनार, वर्कसप, वेभिनार, फ्याकल्टि एक्स्चेन्ज गर्नुका साथै रिसर्च स्कोलर्स, विद्यार्थीलाई छोटा कोर्समा सहभागिता, रिसर्च पेपर र शैक्षिक सामाग्रीको संयुक्त प्रकाशन गर्ने सहमाती भएको छ ।


एक सय वर्ष भन्दा बढी पुरानो विश्वविद्यालयसँग सम्झौता गर्न पाउँदा खुसी लागेको कलेजका निर्देशक प्रा।डा।प्रमोद बहादुर श्रेष्ठले बताए । उनले विदेशी विश्वविद्यालयसँग विद्यार्थीहरूलाई इन्टरनेशनल कन्फरेन्स गर्न, रिसर्च र एकेडेमी कुरामा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।


सम्झौता पत्रमा कलेजका तर्फबाट निर्देशक प्रा।डा।प्रमोद बहादुर श्रेष्ठ र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रोफेसर आलोक कुमार राईले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *