वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान

काठमाडौँ/५ असोज-समृद्ध एड मिडिया नेटवर्क प्रालिकोे १३ औँ वार्षिकोत्सवका अवसरमा आज शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालबाट पाँच व्यक्तित्वलाई सम्मान प्रदान भएको थियो ।


सम्मानित हुनेमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, एडकमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा हुनुहुन्छ ।


शिक्षा पत्रकारितामा संस्थागत योगदान दिने शिक्षा पत्रकार समाज र उक्त मिडियामा उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो भने ‘एजुकेसन न्यूज’ पाक्षिकको विशेषाङ्कको विमोचन गरिएको थियो । उक्त प्रालिले ‘खबरएजुकेसन डटकम’ र ‘स्कुल एजुकेसन’ मासिक सञ्चालन गर्दै आएको छ ।


कार्यक्रममा वरिष्ठ पत्रकार रिसाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, उच्चशिक्षा तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवाललगायतले सो मिडिया प्रालिको स्थापना दिवसका अवसरमा शुभकामना दिनुभएको थियो ।


उक्त मिडियाले आगामी दिनमा शैक्षिक संवाद केन्द्रको सञ्चालनका साथै ‘स्टडी इन नेपाल’ अभियान सञ्चालन गर्ने तयारी रहेको जानकारी गराइएको थियो । साथै शिक्षाका खोजमूलक समाचार र नीतिगत पैवरीमा पनि काम गर्दै आएको बताइयो । समृद्ध एड मिडिया अन्तर्गत खबर एजुकेशन न्युज, एजुकेशन न्यूज पत्रिका र स्कुल खबर पत्रिका सञ्चालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *