काठ्माडौं /३ असोज-२१औं शताब्दीको विश्व समाजमा सिर्जनात्मकता, नविनतम् खोज, आलोचनात्मक सोच, सहजीकरण, सामुहिक कार्य, नेतृत्वको विकास, विविध संस्कृतिको समझदारी, सञ्चार, आत्मनिर्भरद्वारा स्तरोन्नती गर्नु नै सामाजिक अध्ययनको मूलध्येय रहेको छ ।
सामाजिक अध्ययनको पाठ्यक्रम अनुरुप विषयवस्तुको आधिकारिक लेखाजोखा र मूल्याङ्कन प्रणाली विद्यार्थीको वास्तविक सिकाइलाई समर्थन गर्नु, उत्तरहरू सही वा गलत हुन भन्नेमा भन्दा प्रक्रिया, तर्क, मौलिकता र सिर्जनात्मकतामा बढी जोडदिनु , समाजलाई नै प्रयोगशालाको रुपमा लिएर सोच्ने मौका दिनु, रचनात्मक र लचिलो प्रश्नहरू तयार पार्नु नै मुख्य विशेषता रहेको छ ।
यसै सन्दर्भमा काठमाडौं विश्वविद्यालय र क्वालिटी काठमाडौं स्कुलको सहकार्यमा“ सामाजिक अध्ययनमा नविन शिक्षा “ विषयमा भक्तपुर स्थित निस्ट स्कुलमा दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ । यस कार्यक्रममा क्वालिटीका ठमाडौं स्कुलमा आवद्ध स्कुलका सम्पूर्ण ५५ जना शिक्षकहरुले विभिन्न सिकाई क्रियाकलापमा सक्रीय सहभागिता जनाउँदै कानजिरवा नेशनल स्कूलका रमेश खतिवडाले यस कार्यशालाले सिकाई प्रभावकारी रहेको र परिवर्तित समाजका विषयवस्तुलाई समय सान्दर्भिक वनाउन धेरै नविनतम उर्जा दिएको बताए ।
यस कार्यशालाको पहिलो सत्रमा विभिन्न क्रियाकलापको माध्यमबाट सिकाईलाई प्रभावकारी बनाउन पाठको प्रकृति हेरि सहजिकरण गर्ने तरिका बारे प्रष्टपारिएको थियो भने कार्यशालाको दोस्रो सत्रमा आधिकारीक मूल्याङ्कन कसरी सिर्जना गर्ने रु शिक्षण लेखाजोखामा रुब्रिकको प्रयोग कसरी गर्ने र यसको कुन कुरामा विद्यार्थीहरूले राम्रो प्रदर्शन गर्न सक्छन् ? विद्यार्थी स्वयं, सहकर्मी र शिक्षक मार्फत रचनात्मक मापदण्डहरू पहिचान कसरी गर्ने भन्ने विषयमा रोचक चर्चा गरिएको थियो ।
कार्यशालाको सहजीकरण पाठ्यक्रम विकास केन्द्रका हेमराज खतिवडा, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डाक्टर बासु प्रसाद सुबेदीले गरेका थिए भने कार्यशालाको समापन क्वालिटी काठमाडौं स्कुलका अध्यक्ष एव म्निस्ट स्कूल, भक्तपुरका प्रधानाध्यापक दिलीप रानाले गरेका थिए ।