कार्यालय समय भित्र शिक्षक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने

स्याङ्जा/१ असोज-कार्यलय समय भित्र शिक्षक कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भए कारबाही हुने भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाले कार्यालय समयमा शिक्षक कर्मचारीहरु एवं निजामती कर्मचारीहरु राजनीतिक गतिविधिमा सामेल भए कारबाही गर्ने भएको हो ।


नगरकार्यपालिकाको भदौं २६ गतेको कार्यपालिकाको निर्णयानुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु तथा निजामती कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनीतिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेको जनाएको छ । साथै कार्यालय समयमा शिक्षक कर्मचारीहरु एवं निजामती कर्मचारीहरु राजनीतिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ । सो विपरित कार्य गरेको पाइए नियमानुसार कारबाही हुने जनाएको छ ।


शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (ङ) को ५ (छ) तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ (संशोधन सहित) को दफा १८ को उपदफा १ (च) मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी तथा निजामति सेवा ऐनको दफा ४४ मा निजामती कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *