शिक्षा मन्त्रालयका कार्यक्रममा सहभागी नहुन शिक्षक महासंघको निर्देशन

काठमाडौं/३० भदौं-नेपाल शिक्षक महासंघले शिक्षा दिवस लगायत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका हुने कुनै पनि कार्यक्रमहरुकमा सहभागिता नजनाउन शिक्षकहरुलाई निर्देशन दिएको छ । सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकमा शिक्षकहरुलाई धोका दिएको भन्दै विरोध स्वरुप कुनै पनि कार्यक्रमहरुमा नजान निर्देशन दिएको हो ।


निर्देशन दिँदै भनेको छ ‘ने.शि. महासङ्घ सरकारको शिक्षक कर्मचारी विरोधी रबैयाका विरुद्ध सडक आन्दोलनमा रहेकोले आजकै मिति देखि शिक्षा दिवस लगायत शिक्षा मन्त्रालय र यस अन्तर्गतका निकायबाट हुने कार्यक्रमा सहभागिता नजनाउनु हुन सबै शिक्षक कर्मचारी साथीहरुमा अनुरोध छ ।’


साथै नेपाल शिक्षक महासङ्घको आन्दोलनका घोषित कार्यक्रम अनुसार २०८० असोज ३ गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने भएकोले देशभरिका सबै शिक्षक– कर्मचारीहरुलाई सबै विद्यालय बन्द गरी २०८० असोज २ गतेभित्र काठमाडौँ आइ पुग्नुहुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *