काठमाडौं/२३ भदौं-शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेलले मुख्य राजनीतिक पार्टी माओबादी, एमाले र कांग्रेसको शिक्षाप्रतिको धारणा सार्वजनिक शिक्षा नै भएपनि जुन पार्टी सरकारमा गएपनि शिक्षा क्षेत्रका लागि पहल अत्यन्तै न्युनतम गरेको बताएका छन् । उनले अहिलेको अवस्थामा राजनीतिज्ञ बीच नै गहन छलफल हुन् जरुरि रहेको र शिक्षक नै पार्टीका शैक्षिक संगठनमा आबद्ध भएकोले संगठनले नै राजनीतिज्ञलाइ घच्घच्याउने समय आएको बताए ।
शिक्षामा लगानि बढाउँने सन्दर्भमा बोल्दै भने “यस क्षेत्रमा लगानी बढाउने कुरा त छदैँछ । हाल संसारमा ३ प्रकारका क्राईसिस् छ पहिलो world education crisis दोस्रो Developing world crisis र तेस्रो nepali kind typical crisis । आज हामी अंग्रेजी शिक्षाको मोहमा परेका छौ, अर्को तर्फ टेक्नोलोजीको बिकास, महंगी र दशको घट्दो जन्मदरले हामी कुन बाटोमा छौं भन्ने कुरालाई देखाउछ ।”
२०१७ र १८ को एक रिसर्चले शिक्षकले ३ देखि ४ घण्टा मात्र विद्यालयमा बिताउने गरेको देखिएको र जतिसक्दो विद्यालय समयावधिभर शिक्षकले विद्यालयमा विद्यार्थीकाबीच बिताउनुपर्ने देखिएको बताए । साथै कुनै विद्यालयको शैक्षिक गुणस्तर खस्क्यो भने सोध्ने भनेकै शिक्षकलाइ नै हो, यो सामान्य कुरा हो । स्थानीय तहका मेयर, राजनीतिज्ञको संलग्नताले नै आज शैक्षिक संस्थामा हैकम चलाइरहेका छन् । सरुवा, बढुवा, नियुक्ती , पैसाको चलखेलमा कर्मचारीको भर्ती यी सबै चिजले गुणस्तरीय शिक्षा प्रदान हुन्बाट शिक्षण संस्था पछि परेको उनको भनाई छ ।
“शिक्षकको सिप वृद्धि हुने, क्षमता बढाउने विविध प्राक्टिकल बेसका तालिम, शैक्षिक सामाग्री, लाईब्रेरी लगायतका चिजमा ध्यान कसैको छैन खालि भवन कत्रो बन्यो भन्ने कुरामा मात्र ध्यान पुगेको छ । आजको अर्को चुनौती भनेको साइन्स, म्याथ, र अंग्रेजी विषयका शिक्षक पाउन अत्यन्तै कठिन छ । पाठ्यक्रम होस् या सरकारले बनाएको नीति नियम सबै चिज कार्यन्वयन हुन् गाह्रो परेको त हामी सबैलाई अवगत नै छ । अब हामीले पब्लिक सिस्टममा कर्पोरेट कल्चर भित्राउन जरुरि छ । शिक्षक सेवा आयोगबाट बैकल्पिक नाम निकालेकाको लिस्टबाट स्थानीय तहले शिक्षक भर्ति गर्न सक्छन” उनले भने ।