एन–प्याब्सनले भोली पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम गर्दै

काठमाण्डौं/२० फागुन– काठमाण्डौं जिल्ला कार्यसमितिद्वारा आयोजित नेशनल प्याब्सनले भोली बुधबार काठमाण्डौंको बुद्धनगरस्थित अल्फाबेटा कम्प्लेक्शमा पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एन–प्याब्सन) काठमाण्डौं जिल्लाको सातौं अधिवेशनबाट चयन भएर आएका सदस्यहरूलाई पदस्थापन र सम्मान गर्न सो कार्यक्रम हुने भएको छ । कार्यक्रममा एन प्याब्सनमा संलग्न विद्यालयका शिक्षकहरूलगायत सम्बन्धित विभिन्न पदका व्यक्तित्वहरूबीच नयाँ पाठ्यक्रम सम्बन्धी अन्तर्क्रिया कार्यक्रम समेत रहनेछ ।
करिब चार सय विद्यालयको संलग्नता रहेको एन प्याब्सनमा विभिन्न तह र तप्काबाट शिक्षा क्षेत्रमा सहयोग पु¥याउंदै आईरहेका २३ जना कार्यसमिति अन्तर्गतको सदस्यहरूलाई पदभारको जिम्मेवारी हस्तान्तरण गरिनेछ ।
साथै सो कार्यक्रममा निजी विद्यालय तथा विभिन्न शैक्षिक क्षेत्रमा योगदान पु¥र्याएका र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शिक्षा क्षेत्रमा सेवा गर्दै आईरहेका विभिन्न व्यक्तिहरूलाई धन्यवाद ज्ञापन दिंदै सम्मान समेत गर्ने कार्यक्रम रहेको नेशनल प्याब्सनका सूचना तथा सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले खबर एजुकेशनलाई जानकारी दिएका छन् ।
कार्यक्रममा केन्द्रिय प्रदेशका नेताहरूलगायत शिक्षा क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्ने विभिन्न पद तथा सम्बन्धित निकायका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *