मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं/२० फागुन–मध्यपश्चिमाञ्चल र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुुक्त भएका छन् ।
लामो समयदेखि उपकुलपति विहीन रहेका यी दुुई विश्वविद्यालयमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सोमबार उपकुलपति नियुुक्ति गरेका हुन् ।

डा.नन्दबहादुुर सिंह

मध्यपश्चिमाञ्चलमा डा.नन्दबहादुुर सिंह र पूर्वाञ्चल विश्वविद्यालयमा डा. यादव कोइरालालाई उपकुलतिमा नियुुक्त गरिएको छ । उनीहरु त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।

डा. यादव कोइराला

मध्यपश्चिम र पूर्वाञ्चल सहित ६ विश्वविद्यालयमा करिब ६ महिनादेखि उपकुलपति लगायत पदाधिकारी विहीन छन् । लामो समयदेखि पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको कामकारवाही रोकिदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *