हिलसाइड इन्जिनियरिङ कलेजले ओजेटीका लागि विद्यार्थी जापान पठाउने

काठमाडौं/८ साउन-काठमाडौंको कोटेश्वर स्थित हिलसाइड कलेज अफ इन्जिनियरिङ र जापानको आइएमएसी इन्जिनियरिङ कम्पनीकाबीच सम्झौता भएको छ । भविष्यमा देशको औद्योगिक बृद्धिको नेतृत्व गर्नसक्ने जनशक्तिको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।


हिलसाइड कलेज अफ इन्जिनियरिङको तर्फबाट प्रीन्सिपल ईं. दिलिप कुमार झा र आइएमएसी इन्जिनियरिङ कम्पनी, जापानको तर्फबाट डाइरेक्टर मासाकी ओसाकीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई जापानी कम्पनीहरूसंग जोड्न र आपसी विकासको लक्ष्य राख्दै एक अर्कासँग सहकार्य गर्ने उद्वेश्यका साथ सम्झौता गरिएको कलेजले जनाएको छ ।


विशेष गरी, जापानी कम्पनीहरूमा नेपाली विश्वविद्यालयका स्नातकहरूको प्राविधिक सीप विकास गर्ने, जापानी कम्पनीहरूको बैदेशिक सम्बन्ध विस्तारमा सहयोग गर्ने र दक्ष स्नातकहरूद्वारा नेपालको श्रम बजारको विकासमा योगदान पु¥याउने यस कार्यक्रमको उद्देश्य रहेको छ ।


आइएमएसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आइएमएसीद्वारा भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ्ग नामक रोजगार सहायता परियोजना कार्यान्वयन गर्नेछ । यो जापानी कम्पनीहरूमा पूर्ण–समय कर्मचारीहरूको रूपमा काममा राख्नको लागि प्राप्त गर्ने कम्पनीमा निश्चित समयको लागि अन–द–जब प्रशिक्षण (ओजेटी) गराउने कार्यक्रम हो । ओजेटीलाई व्यावहारिक कार्यको लागि सीप र जापानी भाषा मार्फत तत्काल जनशक्ति परिपूर्तिको श्रोतको रूपमा ग्रहण गर्ने यो सम्झौताको उद्देश्य रहेको छ ।


हिलसाइड कलेज अफ इन्जिनियरिङ्गबाट स्नातक गरेका विद्यार्थीहरुले जापानमा यो कार्यक्रममा जान चाहेमा बिदेशको सीप र प्रविधि नेपालमा ल्याउन सकिने छ, जसले गर्दा समृद्व मुलुक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कलेजले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *