समय सापेक्षित शिक्षाका लागि मनाश्लु वर्ल्ड कलेज

काठमाडौं /७ साउन-एसईईको नतिजा पश्चात धेरै विद्यार्थीहरु अहिले कुन कलेज वा विद्यालय छनोट गर्ने भनेर भर्नाका लागि विभिन्न विद्यालय वा कलेज भ्रमण गरिहेका छन् । उनीहरुलाई विषयदेखि कलेज छनौटमा दोदार पनि भइरहेको देखिन्छ । यसै सन्दर्भमा रहेर विद्याथीृले सही कलेज कसरी छनौट गर्ने र प्राप्त ग्रेडका आधारमा विषय कसरी छान्ने भन्ने बारेमा मनाश्लु वर्ल्ड कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठसँग खबर एजुकेशनले गरेको संवाद :


एसईईको नतिजा आएपछि विद्यार्थी–अभिभावक विभिन्न कलेज घुम्ने र बुझ्ने गर्नुभएको छ । यो अवस्थामा विद्यार्थी, अभिभावकले सही कलेज कसरी छान्ने ?


विद्यार्थीहरुले कलेज छान्ने प्यरामिटरहरु धेरै हुन्छन, त्यसमा सबै भन्दा पहिला आफुलाई सहज हुने लोकेशनको कलेज छान्नु पर्छ । त्यसमा आफु जाँदा आउँदा कति टाढा छ, बसको लोकेसन के छ, कति दुरी हिड्नु पर्छ लगायत हेर्नुपर्छ । अर्को कलेजको व्यवस्थापन कस्तो छ, कर्पोरेट तरिकाले सञ्चालनमा छ कि, सामान्य वा भद्रगोल छ, ख्यल गर्नुपर्छ । विद्यार्थी काउन्सेलिङमा गईसकेपछि आफुले चाहेको विषय छ की छैन, शिक्षकहरु अनुभवि तथा विद्यार्थीलाई पढाउने कुरामा कति सहयोगी हुनुहुन्छ बुझ्नु आवश्यक छ । काउन्सेलीङ गर्नेसँग मात्रै होइन सकेसम्म प्रिन्सिपलसँग, अध्यक्ष, निर्देशकसँग भेटेर कुरा गर्नुपर्छ । काउन्सेलीङको मात्रै भरपर्दा उनीहरुले भर्नाका लागि मात्रै पो गरेका छन्की विद्यार्थी तथा अभिभावक चनाखो हुन आवश्यक छ । कलेजको विगतको नतिजा, अतिरिक्त क्रियाकलाप, ल्याबको अवस्था, कक्षा कोठा, शुल्क लगायतमा ध्यन दिएर कलेज छनौट गर्नु राम्रो हुन्छ ।


यो वर्षबाट १.६ भन्दा माथि ग्रेड प्राप्त गरेका विद्यार्थीले पढ्न पाउने व्यवस्था गरिएको छ, यसमा के भन्नु हुन्छ ?


पछिल्लो वर्षहरुमा राष्ट्रिय परीक्षा बोर्ड तथा शिक्षाका विभिन्न निकायहरुले अन्योल बनाएको देखिन्छ । तर सामान्यतया विज्ञान विषय पढ्ने विद्यार्थीको पढाई राम्रैहुन आवश्यक छ । यो वर्षबाट राष्ट्रिय परीक्षा बोर्डले १.६ भन्दा माथी आएपछि पढ्न पाईन्छ भन्दिएको छ । यसरी विद्यार्थीलाई भन्नु भनेको सोचनिय विषय पनि हो । मैले यसलाई खारेज नै गर्नुपर्छ त भन्न मिल्दैन होला तर विषय अनुसार विद्यार्थीलाई विषय छनौट गर्न मापदण्ड निर्धारण गर्नुपर्थो जस्तो लाग्छ । किनभने विज्ञान विषय पढ्न जस्तोसुकै विद्यार्थीले नसक्न पनि सक्छ यसरी भर्ना गर्न थालियो भने फेलहुने विद्यार्थीको संख्या धेरै हुन जान्छ । यसका लागि ५० प्रतिशत ग्रेडको आधारमा र ५० प्रतिशत प्रवेश परीक्षाको आधारमा विद्यार्थीलाई विषय छनौट गर्न लगाइयो भने सहज हुन्छ ।


विद्यालय वा कलेजमा शुल्कको विविधता छ र कलेज छनौट गर्न पनि धेरै कलेज छन । यो बीचमा विद्यार्थीले मनाश्लु वर्ल्ड कलेज नै किन रोज्ने ?


मनाश्लु वल्र्ड कलेज वा विद्यालयमा एकेडेमीक एक्सीलेन्सको लागि त्यसै अनुसारको फ्यकल्टि राखेर पावरपैन्ट प्रस्तुती सहित अडियो र भिडयो माध्यमबाट पठनपाठन गर्छाैं । अर्को हामीले पढाउने पाठ्यक्रम सरकारले तोकेकै पढाए पनि कलेजले विद्यार्थीले रोजेको विषयमा प्रयोगात्मक र सिपमूलक ज्ञानमा केन्द्रीत रहेर पढाउँने गरिन्छ । त्यसैगरी चाबहिलको चुच्चेपाटि मै कलेज भएकोले विद्यार्थीलाई आउन सजिलो छ । चक्रपथ सडकको कोटेश्वर, महाराजगन्ज, जोरपाटी र बौद्ध–महाकाल चारैतिर बाट आउँदा सार्वजनिक यातायातको पहुँच छ, यसले विद्यार्थीको समय पनि वचत गर्छ र कलेज पुग्नु धेरै हिड्नु पर्दैन ।


त्यसैगरी कक्षाकोठा प्रविधि मैत्री छन् जसमा प्रत्येक कक्षाकोठामा एसी, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् । कलेज हाताभित्र हजारौँ पुस्तकका साथै अध्ययन सामग्रीहरू सहित पुस्तकालय र इ–लाइब्रेरीको समेत सुविधा कलेजमा उपलब्ध गराएका छौं । विद्यार्थीको ग्रेड मात्रै हेरेका छैनौ “अ होम फर फ्युचर लिडर्स’ नारासहित विभिन्न तह र तप्कामा नेतृत्व विकास गर्नका लागि विद्यार्थीहरुलाई अगाडी बढाएका छौं । यस अन्तर्गत विषय अनुसार बैंक सम्बन्धी तालिम, होटेल व्यवस्थापन सम्बन्धी तालिम आदि सञ्चालन गर्दै आएका छौं । संगितमा चाहाना भएका विद्यार्थीहरुलाई लगानीनै गरेर गित निकाल्दिने समेत गरेका छौं । ल पढ्ने विद्यार्थीहरुका लगि नमुना संसद सञ्चालन गर्ने, मानविकीमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराउने, होटेल म्यनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई पाँचतारे होटेलमा भ्रमण गराउने गरेका छौं ।


यो अलवा मनाश्लुमा फुटबल, बास्केटबल, भलिबल, गायन, नृत्य लगायतका अन्य थुप्रै प्रतियोगिताहरू नियमित सञ्चालन गरेका छौं । हामीले भाग लिएका प्रतियोगिताहरुमा पनि धेरैजसो विजयी नै भएर फर्केकाछौं । कक्षा ११ र १२ पढ्दै गर्दा सफ्ठ स्किलका तालीमहरु, व्यक्तित्व विकास लगायतमा भोलिको विद्यार्थीको भविष्यलाई सहयोग गर्ने व्यवहारिक शिक्षामा केन्द्रीत छौं । यो सँगै विद्यार्थीले सजिलै तिर्न सक्ने शुल्क र राम्रो ग्रेड हुँदाहुँदै पनि पैसका कारण पढ्न नसक्ने विद्यार्थीहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराएका छौं ।


चावहील क्षेत्रमा एउटा मात्रै हाम्रो कलेज हो, जसले गत फागुनमा ‘क्वालिटी म्यानेजमेन्ट सिस्टम’ युकेले आइएसओ २००९ः२०१५ प्रमाणित भएको प्रमाणपत्र प्रदान गरेको छ । यी विभिन्न कारणले गर्दा विद्यार्थीले एक पटक यो कलेज भ्रमण गरेर छनौट गर्न सक्नु हुन्छ ।


कलेजमा कस्ता विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न सक्छन् ?


विद्यार्थीहरुको क्षमता, आर्थिक अवस्था, विद्यार्थीले भोलि गएर गर्न सक्ने काम वा पढाई आधारमा, उनीहरुले पढेको विद्यालयको रेकर्ड, प्रफमेन्स, प्रवेश परीक्षाको आधारमा, विभिन्न जातजाती, ग्रामिण क्षेत्रबाट आएका लगायतका धेरै तहका आधारमा छात्रवृत्ति वितरण गरेका छौं । सरकारले तोकेको छात्रवृत्ति भन्दा करिब ३० प्रतिशत बढी दिएर पढाएका छौं । शुल्कको सवालमा पनि सबै विद्यार्थीले तिर्न सक्ने गरी हामीले निर्धारण गरेका छौं ।


मनाश्लु वर्ल्ड कलेज पढेर गएका विद्यार्थीहरुको अवस्था कस्तो छ ? उनीहरु कनु कुन क्षेत्रमा लागेका छन् ?


विशेषगरी यस कलेजबाट पास भएर गएका विद्यार्थीहरु बैंकमा इन्टर्नसिप गरेर त्यहीँ जागिर गरिरहेका छन्, एमबिबिएस र इन्जिनियरिङमा नाम निकाल्ने पनि धेरै छन् । केही विद्यार्थीहरुले भारतबाट दिने छात्रवृत्तिमा पनि नाम निकाल्न सफल भएका छन्, उनीहरुले पूर्ण छात्रवृत्तिमा पढिरहेका छन् । केही विद्यार्थीले अमेरीकाबाट दिएको छात्रवृत्तिमा पनि नाम निकालेर निशुल्क पढिरहेका छ । यो बाहेक म्यरिट होटेल, हायात लगायतका विभिन्न पाँचतारे होटेलमा काम गरिहेका छन् । यसर्थ हरेक क्षेत्रमा हाम्रा विद्यार्थीहरु नेतृत्व लिएर काम गरिरहेको अवस्था छ ।


अन्तमा कक्षा ११ मा भर्ना गर्न खोजेका विद्यार्थीहरुलाई के भन्नु हुन्छ ?


सबैतिर घुमेर कलेज बुझ्नुस्, कलेजका कुराहरु सुन्नुहोस र निर्णय आफ्नो गर्नुहोस । साथै अहिलेको सामयमा समय सापेक्षित र विश्वस्तरिय शिक्षा दिनका लागि मनाश्लु वर्ल्ड कलेज लागेको छ । हाम्रो कलेज एक पटक भ्रमण गर्नुहोस, हाम्रा केही कुराहरु सुन्नुहोस, विद्यार्र्थी आइसकेपछि हामी खाली हात फर्काउँदैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *