डा.राजेन्द्र विमल र यज्ञ राज उपाध्यलाई एपेक्स लाइफ स्कूलको स्रष्टा सम्मान

काठमाडौं/२८ असार– एपेक्स लाइफ स्कूल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा २१० औँ भानु जयन्तीको अवसरमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार एपेक्स लाइफ स्कूलमा एक कार्यक्रम आयोजना गरी संयुक्त रुपमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


आख्यानकार डा. धुब्र चन्द्र गौतम प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा दुईजना स्रष्टालाई सम्मान गरिएको थियो । सहित्यका क्षेत्रमा निरन्तर सक्रिय भई नेपाल राष्ट्र तथा नेपाली भाषा, मैथिली, संस्कृत भाषाका सहित्यकार डा.राजेन्द्र विमल र लोक सहित्य, देउडा र नेपाली साहित्य क्षेत्रमा अब्बल रहेका यज्ञ राज उपाध्यलाई स्रष्टा सम्मान गरिएको थियो ।


भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा.वर्तराज आचार्यकोे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विविध साहित्यिक विधाका सर्जकहरू डा. मधुसुधन लामिछाने, विनुज पौडेल, शुशिला खड्का, लोक गायक सुर्यमणी आचार्य, रेनु लुईटेल, पुष्कर आचार्य, महेश कार्की क्षितिज, रञ्जना निरौला लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो । सबै स्रष्टाहरुले कविता तथा गजल वाचन गरेर सुनाएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि डा. धुब्र चन्द्र गौतमले भानुभक्त नेपाली भाषा र सहित्यको धरोहर रहेको बताउँदै उनको चर्चा देशमा मात्र नभएर विदेशमा पनि उक्तिकै हुने गरेको बताए । उनले आफु स्कूलमा पढ्दा भानुभक्तकै श्लोक पढेर पुरस्कार पाएको स्मरण गर्दै विद्यालयले विद्यार्थीहरुको सहभागितामा कार्यक्रमको आयोजना गरेकोमा खशी व्यक्त गरे ।


डा.राजेन्द्र विमलले पछिल्लो समयमा धर्म र संस्कार हराइरहेको बेला देशको संस्कार जोगाउने जिम्मा विद्यार्थीको काधमा रहेको र जीवनमा लक्ष्य लिएर त्यसलाई पछ्याउनु पर्ने विचर राखे । त्यसैगरी साहित्यकार यज्ञ राज उपाध्यले एपेक्स लाइफ स्कूलले विद्यार्थी संस्कार सिकाइरहेको भन्दै खुशी व्याक्त गर्दै विद्यालयलाई धन्यवाद दिए । उनले आफ्नो चर्चित गित राईझुमा गाएर सबैलाई नचाएका थिए ।


एपेक्स लाइफ स्कूलका अध्यक्ष सुवास न्यौपानेले भानु जयन्तिको अवसरमा एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाईरहेको जानकारी दिए । उनले विगत २० वर्षदेखि यसैगरी भानु जयन्ति मनाउँदै आएको र स्राष्टाहरुलाई सम्मान गरिएको जानकारी दिए ।


भानुभक्त नेपाली साहित्यका धुब्रतारा रहेको र उनका कृतिहरु अहिले पनि नेपाली जनजिब्रोमा उत्तिकै लोकप्रिय रहेको बताउँदै विद्यार्थीहरुलाई पठनपाठनसँगै संस्कार र साहित्यका क्षेत्रमा रहेका व्यक्तिहरुको जानकारि गराउँदै आएको भनाई राखे ।


त्यसैगरी सो अवसरमा विभिन्न १६ वटा स्कूलको सहभागितामा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा कन्ती भैरव गुरुकुल स्कूलका सुमन खनाल प्रथम हुन सफल भए । द्वितीय रिलायन्स इन्टरनेशनल एकेडेमीका प्रवेश दाहाल र तृतीय भ्यालि भ्यु स्कूलका अंशु पन्थीले प्राप्त गर्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *