काठमाडौँ /२२ असार-दुई वर्ष अगाडी माध्यमिक शिक्षा परीक्षा पास गरेकी तेह्रथुमकी आकृति लिम्बु उत्कृष्ट प्लस टु कलेजको खोजीमा थिइन् । आफ्नो कलेज छनोटकै लागि उनी थुप्रै शैक्षिक संस्था पुगे पनि उनको मन कतै अडिएन । कलेजहरू घुम्ने क्रममै उनी चुच्चेपाटी चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेज आइपुगिन् । कलेजको बारेमा बुझ्दै गर्दा उनलाई त्यहाँको प्रशासन, कलेजले बोकेको लक्ष्य, कलेजको भौतिक पूर्वाधार र शैक्षिक वातावरणले लोभ्यायो । त्यसैले उनले निर्णय गरिन् मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ भर्ना हुने ।
आकृतिले यो निर्णय गर्दै गर्दा मनास्लु वर्ल्ड कलेज भर्खरै स्थापना भएको थियो । २० वर्ष भन्दा बढी शिक्षा क्षेत्रमा काम गरिसकेका शैक्षिक व्यक्तित्वहरूले त्यतिबेला यो कलेज भर्खरै सुरु गरेका थिए । मनास्लु बाट प्लस टु अध्ययन सकेर ‘अमेरिकी सरकारले प्रदान गर्ने ‘अपर्चुनिटि फण्ड ग्राण्टि २०२४’ (विभिन्न विश्वविद्यालयमा स्नातक तह पढ्नका लागि छात्रवृत्ति प्रदान गर्दै आएको अमेरिकी सरकारको एउटा कार्यक्रम) मा छनोट भएकी उनी कलेज प्रवेश गरेको त्यो दिन सम्झँदै भन्छिन्, “मनास्लु वर्ल्ड कलेज छान्नु मेरो जीवनको सबैभन्दा राम्रो निर्णय थियो ।”

आकृति जस्तै दुबिधामा थिए दोलखाकी लक्ष्मी लामा, कपन काठमाडौँकी नैना श्रेष्ठ र सिन्धुपाल्चोकका सजिन तामाङ । प्लस टु छनोटको यो कठिन निर्णयको भारी मनास्लुमा आएर बिसाएका उनीहरू पनि आफूले त्यतिबेला सही निर्णय गरेको बताउँछन् । मनास्लु बाट प्लस टु पास गरेका लक्ष्मी र नैनाले अहिले एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् भने सजिनले भारतीय दूतावास बाट बिइ÷बिटेक का लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । उनीहरू आफ्नो यो सफलताको श्रेय भनेजस्तो शैक्षिक वातावरण दिने मनास्लु वर्ल्ड कलेजलाई दिन्छन् । यी विद्यार्थीहरू जस्तै मनास्लु पढेका धेरै विद्यार्थीहरूले आज भविष्यको सुन्दर मार्गचित्र कोरेका छन् र मनास्लुको छनोट आफ्नो सर्वोत्कृष्ट निर्णय भएको बताउँछन् ।
त्यसो त मनास्लु वर्ल्ड कलेज स्थापना भएको धेरै समय भएको छैन । कोरोनाको कहरका बिच सुरु भएको यो संस्थाले यो ४ वर्षे यात्रामै लोभलाग्दो सफलता प्राप्त गरेको छ । स्पष्ट भिजन र मिसन भएको व्यवस्थापनले सञ्चालन गरेको यो कलेज आज धेरै विद्यार्थीहरूको रोजाइको कलेज बन्न पुगेको छ । स्थापना कालमा गरेको बाचा अनुरूप स्तरीय शैक्षिक व्यवस्थापन गर्दै यो कलेज चाबहिल क्षेत्रकै सम्भवतः एक मात्र ‘आइएसओ सर्टिफाईड’ कलेज बन्न सफल भएको छ । गत फागुनमा ‘क्वालिटी म्यानेजमेन्ट सिस्टम’ युकेले कलेजलाई आइएसओ २००९ः २०१५ प्रमाणित भएको प्रमाणपत्र प्रदान गरेको थियो । आइएसओ मात्रै होइन, मनास्लु व्यवस्थापनले आफ्नो उद्देश्य भनेर किटान गरेको र विद्यार्थी अभिभावकलाई दिएको सबै आश्वासनहरू करिब पुरा गरिसकेको छ ।
राजधानीको चाबहिल चुच्चेपाटि स्थित के.एल.टावर सँगै रहेको यो कलेज पुग्न सजिलो छ । चक्रपथ सडकको कोटेश्वर, महाराजगन्ज, जोरपाटी र बौद्ध–महाकाल चारैतिर बाट आउँदा सार्वजनिक यातायातको पहुँच यहाँ छ । आफ्नै खाले विशेषता बोकेको कारण पनि यो कलेज अरू भन्दा पृथक् छ । खासगरि जीवनोपयोगी शिक्षा दिनुपर्छ र २१ औँ शताब्दीमा कुनै डिग्री हासिल गरेको व्यक्ति कागजको खोस्टो मात्रै भएको बेरोजगार बन्नु हुँदैन भन्ने कुरामा कलेज प्रशासन सचेत छ । त्यस्तै किताबको परीक्षा सँगै जीवनको परीक्षा पास हुनुपर्छ, सुखी मात्रै होइन खुसी हुन सक्नुपर्छ र आजको मानव उद्यमशील हुनुपर्छ भन्ने सिद्धान्त बाट कलेज निर्देशित छ ।

‘अ होम फर फ्युचर लिडर्स’ अर्थात् भावी नेतृत्वको घर भन्ने नारासहित स्थापित यस कलेजले हरेक क्षेत्रमा सक्षम नेतृत्व जन्माउने प्राथमिक उद्देश्य राखेको छ । त्यसका लागि कलेजले विद्यार्थीले रोजेको विषयमा प्रयोगात्मक र सिपमूलक ज्ञान दिने गर्दछ । प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छ र यी संकायमा भर्ना भएका विद्यार्थीले कोर्सको माग अनुसारकै प्रयोगात्मक ज्ञान लिन्छन् । त्यसका लागि कलेजले बैंक सम्बन्धी तालिम, होटेल व्यवस्थापन सम्बन्धी तालिम आदि सञ्चालन गर्दै आएको छ । त्यस्तै मानविकीमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा दिइन्छ ।
विद्यार्थीहरू सिप नभएर बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले तालिम लिन चाहने विद्यार्थीलाई कलेजले फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक डिजाइनिङ आदिको तालिम पनि दिने गरेको छ । कानुन संकाय पढ्ने विद्यार्थीका लागि कानुनका विज्ञहरू ल्याएर र अदालत भ्रमण गराएर पनि कलेजले आजको परिवेश सुहाउँदो शिक्षा दिने गरेको छ । त्यस्तै फरक फरक विषयका लागि कलेजले फरक फरक सुविधा सम्पन्न ल्याबहरूको व्यवस्था गरेको छ ।
आफ्ना विद्यार्थीहरूको असल चरित्र र संस्कार निर्माणमा समेत मनास्लु वर्ल्ड कलेजले विशेष ध्यान दिने गरेको छ । त्यसका लागि आजको पुस्ताका विद्यार्थीको मनोभावना बुझ्न सक्ने दक्ष र तालिमप्राप्त अध्यापकहरू मनास्लुले छनोट गरेको छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइ पद्धति अवलम्बन गर्ने यी अध्यापकहरू उच्च शैक्षिक योग्यता र अनुभव प्राप्त छन् । शिक्षण सिकाइलाई एउटा रोचक प्रक्रिया बनाउनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेज विद्यार्थीमा अन्तर्निहित रहेका रुचि र प्रतिभा विकास गरी त्यसैलाई उसको भविष्य बनाउने प्रयास गर्छ ।
मनास्लुको अर्को प्रमुख विशेषता हो अतिरिक्त क्रियाकलाप । खासगरी स्कुल तह पार गरिसकेपछि अतिरिक्त क्रियाकलाप कम हुने र त्यसले विद्यार्थीको सिकाइप्रतिको अभिरुचि कम हुने बुझेको मनास्लु व्यवस्थापनले क्याम्पस तहमा पनि अतिरिक्त क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैले मनास्लुमा फुटबल, बास्केटबल, भलिबल, गायन, नृत्य लगायतका अन्य थुप्रै प्रतियोगिताहरू नियमित सञ्चालन हुन्छन् । यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास बढ्ने, थप मेहनत गर्ने प्रेरणा मिल्ने र उ भित्र लुकेर रहेका प्रतिभा प्रस्फुटित हुने कलेजको विश्वास छ । यिनै गतिविधिहरूका कारण हरेक क्षेत्रमा अब्बल मनास्लुका विद्यार्थी आज आ–आफ्नो क्षेत्रमा प्रखर छन् । विशेष गरी खेलकुदका प्रतिष्ठित कपहरू जित्दै आएको मनास्लु राष्ट्रिय टिम सम्ममा स्थान बनाउन सफल भएको छ ।
कुनैपनी शैक्षिक संस्थाको वातावरण र भौतिक पूर्वाधारले त्यहाँ लिन सकिने ज्ञानको मात्रालाई पनि प्रतिनिधित्व गर्दछ । त्यही कारण मनास्लुले शान्त तथा पारिवारिक वातावरणमा विश्व स्तरीय भौतिक संरचनाहरूको संयोजन गराएको छ । क्याम्पसका प्रत्येक कक्षाकोठामा एसी, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् जसले आधुनिक शिक्षण प्रक्रियालाई सहज बनाएको छ । त्यस्तै कलेज हाताभित्र हजारौँ पुस्तक र अध्ययन सामग्रीहरू सहितको पुस्तकालय सञ्चालनमा छ भने विद्यार्थीहरूले लग इन गरेर असीमित अध्ययन सामग्रीहरू प्राप्त गर्न सक्ने इ–लाइब्रेरीको सुविधा समेत कलेजले उपलब्ध गराउँछ ।
त्यस्तै कलेजले ए एच ए (अमेरिकन हस्पिटालिटि एकेडेमी) नामक एकेडेमीसँगको सहकार्यमा सफ्ट स्किल ट्रेनिङ प्रदान गर्दै आएको छ । उक्त तालिम कक्षा ६ देखि कक्षा १२ कक्षासम्मका विद्यार्थीहरूले पाउँछन् । जसमा व्यक्तित्व विकास, नेतृत्व विकास, पब्लिक स्पिकिङ, असल चरित्र निर्माण, समय व्यवस्थापन, कम्युनिकेसन स्किल, टिम वर्क, आलोचनात्मक दृष्टिकोण निर्माण, आत्मानुशासन लगायतका कुराहरू पर्दछन् । विशेषतः यस ट्रेनिङमार्फत विद्यार्थीहरूलाई करियर निर्माणमा सहयोग पुग्दछ ।

यति धेरै सुविधा सम्पन्न कलेजको बारेमा पढ्दै गर्दा तपाईँको मनमा यो कलेज महँगो होला भन्ने प्रश्न पक्कै उठ्यो होला ? तर मनास्लुको अर्को मुख्य विशेषता नै सर्वसुलभ शुल्कमा स्तरीय शिक्षा हो । यदि तोकिएको शुल्क पनि तिर्न नसक्ने विद्यार्थी आए पनि मनास्लु प्रशासनले उसलाई निराश बनाउँदैन । त्यस्ता विद्यार्थीका लागि मनास्लुले विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ । सम्भव हुँदासम्म कलेजले आफैँ त्यस्ता विद्यार्थीलाई छात्रवृत्ति दिन्छ भने त्यो कोटा सकिएको अवस्थामा पनि कलेजले नै विद्यार्थीलाई विकल्प दिने गरेको छ । यस्तो अवस्थामा कलेजले आफूले सम्झौता गरेका विभिन्न सरकारी, गैर–सरकारी संस्था सँग त्यस्ता विद्यार्थीलाई जोडिदिएर अध्ययनको अवसर प्रदान गर्छ । त्यसकारण आर्थिक समस्या भएका विद्यार्थी पनि मनास्लुको ढोका भित्र आएपछि पढाइको अवसरबाट वञ्चित हुनुपर्ने छैन ।
प्रमाणपत्र मात्रै दिने भन्दा पनि जीवनोपयोगी सिप दिनुपर्छ, २१ औँ शताब्दीको विद्यार्थी आफ्नो क्षेत्रको नेतृत्व गर्न सक्ने र विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ, आजको विद्यार्थी जागिर खाने होइन सिप सिकेर जागिर दिने उद्यमशील भावनाको हुनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेज यिनै विशेषताहरूका कारण तपाईँका लागि उपयुक्त प्लस टु कलेज हो ।