एसईईको नतिजा सार्वजनिक (यहाँबाट हेर्नुहोस नतिजा)

काठमाडौं/२१ असार–राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक पश्चात् नतिजा सार्वजनिक गरेको हो ।

यो वर्षको एसईईमा, ३.६ देखि ए प्लस ल्याउने विद्यार्थी संख्या २२ हजार ४ सय ४७ रहेका छन् । साथै जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।


यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षार्थी एसईईमा सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :
एसइईको नतिजा हेर्न एसएमएसका लागि सर्टकोड ३५००१, ३४९४९, ३१००३ र १६०० रहेका छन् ।

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

www.tuteeline.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *