मावि तहको विज्ञान विषयको नतिजा सार्वजनिक, नतिजासहित

काठमाडौं/१८ फागुन–शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत शुक्रबार मावि तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । ६ हजार ८ सय ८३ ले विज्ञान विषयको परीक्षा दिएको आयोगले जनाएको छ ।
आयोगले फागुन १३ गतेदेखि शिक्षक लाइसेन्स परीक्षाको मावि तहको नतिजा सार्वजनिक गरेको हो । अहिले सम्म कार्यालय सञ्चालन तथा लेखा विषय, ईलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://www.tsc.gov.np/doc/1582930292Science%20Mavi.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *