काठमाडौ/१५ जेठ- बूढानीलकण्ठ नगरपालिका, बालुवाखानी स्थित फेरिल्याण्ड इन्टरनेशनल स्कूलले अभिभावहरुको सहभागीतामा सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यालयसँगै विद्यार्थीहरुको चौतर्फी विकासमा अभिभावकको समेत विशेष भूमिका रहेने भएकोले अभिभावकहरुको सहभागीतामा सचेतना कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका निर्देशक विनोद अधिकारीले विद्यार्थीहरुको चौतर्फी विकासमा अभिभावकहरुको विशेष भूमिका रहेको हुँदा विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउँन विद्यालय र अभिभावक बीचमा सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड् दिए ।
त्यसैगरी विद्यालयका प्रिन्सिपल बिष्णुचन्द्र अधिकारीले विद्यालय, अभिभावक तथा शिक्षक बीचको राम्रो सम्बन्धले मात्र विद्यार्थीहरुको पढाइमा सुधार हुने बताए । भने संस्कारयुक्त शिक्षा आजको आवश्यकता हो, घर तथा विद्यालयले संस्कार र संस्कृतिको ज्ञान सही दिनका लागि दुबैको उक्तिकै भूमिका महत्वपूर्ण हुन्छ ।
विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अभिभावकहरुको भूमिका गहन हुने विद्यालयका निर्देशक राम प्रसाद गौतमको भनाई थियो । साथै गौतमले आधुनिक शिक्षाको अभियानमा सहभागी भई आफ्ना छोराछोरीहरूको भविष्य निर्माणमा जोड दिनुहुन उपस्थि सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गरे ।
कार्यक्रममा अभिभावक र विद्यालय बीचको सम्बन्ध, सञ्चार आदान प्रदान लगायतका विषयमा तपस नेपालका अमिस पौडेलले प्रस्तुति दिएका थिए ।