विद्यार्थीमा समालोचनात्मक चिन्तन र सोचको विकास कसरी गराउने ?

काठमाडौं /१ जेठ-कुनै पनि विषय, परिवेश, समस्यालाई हेर्ने, सूक्ष्म वा मिहीन ढंगले विश्लेषण गर्ने समालोचनात्मक चिन्तनको विकासका लागि विद्यार्थीलाई तल दिइएका प्रश्न सोध्न प्रेरित गर्नुहोस् । तल दिइएका प्रश्न जुन सुकै विषय वा तहका विद्यार्थी, अन्वेषक, शोधकर्ता, पत्रकार वा जुन सुकै व्यक्तिका लागि आवश्यक हुन सक्दछ ।


हेलेन केलरले भनेकी छिन् “ जुन दिनबाट विद्यार्थीले प्रश्न सोध्न छोड्दछ, त्यही दिनबाट उसले सिक्न पनि छोडिदिन्छ ।” विद्यार्थीले प्रश्न गरेर सिक्न सक्दछन् । हरेक सिकाइको सुरुवात प्रश्नबाट नै हुने गर्दछ क्ष् यसर्थ, समालोचानात्मक सोचको विकास पनि प्रश्नबाट नै हुने गर्दछ । यी प्रश्न विद्यार्थीले हरेक दिन, हरेक विषयमा, हरेक समयमा, हरेक सन्दर्भ वा हरेक तहका विद्यार्थीले क्याप्सुलका रुपमा प्रयोग गर्न सक्दछन् ।


हामी नेपाली विश्वमा पछि पर्नुको एक मुख्य कारण समालोचनात्मक सोच वा दृष्टिकोणको अभाव हो । अहिले सामाजिक संजालमा आम नेपालीले लेख्ने स्ट्याटस वा प्रतिक्रियाले के देखाएका छन् भने हामी एक पक्षीय भएर सोच्छौं र धारणा बनाउँछौं । यही एक पक्षीय धारणालाई नै सत्य ठान्छौं र कहिले पनि परिवर्तन हुन खोज्दैनौं । “न्याउरी मारी पछुतो” कथामा झैं न्याउरी मुसाको मुखमा रगत देख्ना साथ आफ्नो बच्चाको हत्या गरेको ठानेर न्याउरी मार्ने दम्पतीले यो कहिले पनि सोच्दैनन् कि वास्तवमा न्याउरीले त सर्पसंग लडेर आफ्नो बच्चाको रक्षा गरेको थियो । यसको मुख्य समस्या हाम्रो रटन्ते शैक्षिक प्रणाली हो जसले हामीलाई घोक्न त सिकायो तर समालोचनात्मक रुपमा सोच्न सिकाएन ।


तर, यी प्रश्नले हाम्रा शिक्षक र विद्यार्थीलाई समालोचनात्मक सोच संगै कुनै पनि विषयमा बहुआयामिक दृष्टिकोण निर्माणका लागि केही हदसम्म सहयोग पुग्न सक्छ भन्ने विस्वास लिएको छु ।

लेखक अभिषेक घिमिरे


को (WHO) ?


– यसबाट कसले फाइदा लिन सक्दछ ? वा, यो कसलाई उपयोगी हुन सक्दछ ?
– यो कसका लागि हानिकारक हुन सक्दछ ? यसले कसलाई नोक्सानी हुन सक्दछ ?
– यसको बारेमा कसले निर्णय गर्न सक्दछ ?
– यसको प्रत्यक्ष असर कसलाई पर्दछ ?
– यसको विषयमा कसले छलफल गरेको वा प्रयोग गरेको देख्नु÷सुन्नु भएको छ ?
– यसका लागि कसलाई सम्पर्क गर्ने ?
– यसका मुख्य वा आधिकारिक व्यक्ति को को हुन् ?
– यसका मूख्य हकदार को हुन् ?


के (WHAT) ?


– यसका सबल र कमजोर पक्ष के के हुन् ?
– यसलाई हेर्ने अर्को दृष्टिकोण के हो ?
– यसको अर्को विकल्प के हुन सक्दछ ? दोस्रो रणनीति के हुन सक्दछ ?
– यसलाई काट्न सक्ने अर्को तर्क के हुन सक्दछ ?
– यससंग सम्बन्धित सबै भन्दा उत्कृष्ट पक्ष के हो?
– यससंग सम्बन्धित सबैभन्दा खराब पक्ष के हो ?
– यस विषयसंग सम्बन्धित सबैभन्दा महत्वपुर्ण र अति कम महत्वको पक्ष के हो ?
– समस्याका रुपमा आएका पक्ष के हुन् ?
– अवसरका रुपमा आउन सक्ने पक्ष के हुन् ?
– यस विषयमा सुधार गर्नु पर्ने पक्ष के के हुन् ?
– यस विषयसंग सम्बन्धित सकारात्मक परिवर्तनका लागि के गर्न सकिएला ?


कहाँ (WHERE) ?


– यसको वास्तविक प्रयोग कहाँ छ ?
– यसलाई वास्तविक रुपमा कहाँ हेर्न सकिन्छ ?
– यस्तै विषयसंग मिल्ने अन्य प्रयोग कहाँ भेट्न सकिएला ?
– यसको सबैभन्दा बढी आवश्यकता कहाँ होला ?
– कहाँ चाहिं यो सबैभन्दा ठुलो समस्याको रुपमा रहेको होला ?
– यसको विषयमा अझ धेरै जानकारी कहाँ पाइएला ?
– यसको लागि खोज्न कहाँ जाने ?
– यो विचार ÷दृष्टिकोण वा उपायले हामीलाई कहाँ पुर्याउँछ होला ?
– यसलाई सुधार गर्नु पर्ने पक्ष कहाँ कहाँ छन् ?


कहिले (WHEN) ?


– यो विषय कहिले सर्व स्वीकार्य हुन्छ होला ?
– यो विषय कहिले अस्वीकार्य हुन्छ होला ?
– यसले कहिले समाजलाई फाइदा दिन सक्दछ होला ?
– यसले कहिले समस्या निम्त्याउन सक्दछ होला ?
– यसलाई कार्यान्वयन गर्ने सबै भन्दा उत्तम समय कहिले हो ?
– हामी सफल भएको कहिले थाहा पाउने ?
– यसले पहिले कहिले भूमिका खेलेको थियो ?
– यसले कहिले परिवर्तन ल्याउँछ ÷ फल दिन्छ भनेर आशा गर्ने ?
– यसका लागि कहिले सहयोग लिने ?


किन (WHY) ?


– यो किन समस्या वा चुनौती हुन सक्छ ?
– यो मेरा वा अरुका लागि किन उपयोगी छ ?
– यसको परिणाम किन उत्कृष्ट वा खराब छ ?
– मानिस यसबाट किन प्रभावित छन् ?
– मानिसले यस विषयमा जान्नु वा बुझ्नु किन आवश्यक छ ?
– यो किन लामो समय देखि यसै गरी अस्तित्वमा छ ?
– हामीलाई किन यसलाई स्वीकार गरिरहेका छौं ?
– यसको आवश्यकता आज किन छ ?


कसरी (HOW) ?


– यो अन्य पक्षसंग कसरी अन्तरसम्बन्धित छ ?
– यसले कसरी अरुलाई सहयोग पुर्याउँछ ?
– यसको विषयमा सत्य तथ्य कसरी थाहा पाउने ?
– यससंग कसरी पहुँच स्थापित गर्न ? त्यहाँसम्म कसरी पुग्ने ?
– यसले हामीलाई ÷अरुलाई कसरी सहयोग पुर्याउँछ ?
– यसले हामीलाई÷ अरु व्यक्तिलाई कसरी हानी गर्न सक्दछ ?
– यसलाई हामी भविष्यमा कसरी हेर्न सक्दछौं ? कुन रुपमा हेर्न सक्दछौं ?
– यसलाई सबैको फाइदाको लागि कसरी परिवर्तन गर्न सक्दछौं ?


लेखक अभिषेक घिमिरे वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *