त्रिविद्धारा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली सार्वजनिक (नामावलीसहित)

काठमाडौं/२० बैशाख-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यलयले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीको नामनवली सार्वजनिक गरेको छ । संस्थानले बिएस्सी सिएसआइटी कार्यक्रममा भर्ना भएका विद्यार्थीमध्ये छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीको नामावली सार्वजनिक गरेको हो ।


छात्रवृत्ति सम्बन्धी कार्यनिर्देशिका २०७९ अनुसार जेहेन्दार छात्र, छात्रालाई छात्रवृत्ति प्रदान गरिने निर्णय अनुसार नामावली प्रकाशन गरिएको जनाएको छ । साथै निशुल्क छात्रवृत्तिका लागि आ आफ्नो क्याम्पस तथा कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ ।


डीन कार्यालयले जेहेन्दार छात्रवृत्ति पाउने विद्यार्थीको नाम, रेङ्क तथा नम्मरमा कुनै त्रुटी भेटिएमा अभिलेख अनुसार सच्याइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *