काठमाडौं विश्वविद्यालयद्धारा दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

काठमाडौं/१८ बैशाख-काठमाडौं विश्वविद्यालयले २८ औं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले दोस्रो चरणको २८ औं दीक्षान्त समारोहका लागि आवेदन फाराम भर्न आह्वान गरेको हो ।


दोस्रो चरणको २८ औं दीक्षान्त समारोह २०८० जेठ महिनाको चौथो सातामा आयोजना गर्ने भएकोले विश्वविद्यालयको स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, साइन्स, मेडिकल साइन्स, ल बाट जेठ ५ सम्ममा विद्यावारिधी, स्नातकोत्तर र स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीले समारोहमा भाग लिन पाउने जनाएको छ ।


समारोहमा भाग लिनका लागि बैशाख १९ गतेदेखि जेठ ७ गतेसम्म अनलाइन मार्फत आवेदन फारम भर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *