बाजुराका अधिकांश विद्यार्थीलाई भर्ना हुन आएकै दिन हातमा किताब

बाजुरा/१८ बैशाख-गत वर्ष किताब नपाए पनि परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित देखिएका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले बाजुराका पुस्तक बिक्रेतालाई समयमै पुस्तक उपलब्ध गरेसँगै विद्यार्थीले भर्नाकै दिन पुस्तक पाएका हुन् ।


बजुराको बूढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविका कक्षा ९ मा अध्ययनरत छात्र जीवन शाहीले गत वर्ष किताब नपाएपनि कक्षा ८ को परीक्षा दिएको बताए । यो वर्ष भने विद्यालयमा भर्ना हुन आएकै दिन हातमा किताब थमाइदिएपछि खुसी लागेको बताए । गत वर्षको किताब कहिले आउला विद्यार्थीले बाटो कुर्दै बस्नु परेको थिायो । यो वर्ष भने समयमै हातमाा किताब थमाइदिएपछि अब भने किताबका लागि बाटो कुर्न नपर्ने भउको हो ।


पुस्तक बिक्रेताले समयमै विद्यालयलाई किताब पुगेको खबर गर्ने बित्तिकै विद्यार्थीको हातमा किताब थमाउन सकेको धुरालसैनी माविका प्रअ महासिंह थापाले बताए । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *