दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध : बालेन शाह

काठमाडौं/१५ बैशाख-काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध रहेको बताएका छन् । उनले विद्यालय राजनीति गर्ने थलो नभएको बताउँदै शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध रहेको बताएका हुन् ।


त्यसैगरी काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास गरेको बताए । उनले ताला लगाउने दुष्प्रयासलाई यथाशीघ्र ताला फेरेर विफल पारेको जानकारी दिएका छन् ।


सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ । त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *