कक्षा १२ को परीक्षामा प्रवेश पत्रसँगै अनिवार्य परिचयपत्र बोक्नुपर्ने

काठमाडौं/३० चैत-कक्षा १२ को वार्षिक परीक्षामा विद्यार्थी अनिवार्य परिचय पत्र बोक्नु पर्ने भएको छ । परीक्षालाई थप मर्यादित र विश्वसनीय बनाउन यो वर्ष देखि प्रवेश पत्रसँगै परिचयपत्र अनिवार्य बोक्नु पर्ने भएको हो ।


परीक्षार्थी परीक्षा केन्द्रमा प्रवेश गर्दाबोर्डबाट जारी भएको परीक्षाथी प्रवेश अलवा विद्यार्थी परिचय पत्र समेत अनिवार्य रुपमा लिएर जानुपर्ने व्यवस्था गरीएको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशले जनाएको छ ।


विद्यालय तथा क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँस गरी परिचय पत्र जारी गरी उक्त परिचय पत्र अनिवार्य रुपमा साथमा लिएर मात्रै परीक्षा केन्द्रमा जानको लागि निर्देशन दिएको छ ।


कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख २६ गतेदेखि सञ्चालन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *