काठमाडौं/१९ चैत-एसईई दिइरहेका विद्यार्थीहरूलाई सबैभन्दा अफ्ठेरो लाग्ने विषय भनेर नेपालीलाई लिइएको पाइन्छ । नेपाली भाषा राम्रोसँग बोले पनि उनीहरूलाई नेपाली भाषा लेख्न गाह्रो हुनेगरेको विद्यार्थीहरू बताउँछन् । तसर्थ नेपालीको परीक्षामा विद्यार्थीले जानेको कुरालाई पनि लेख्ने अभ्यास नभएकोले धेरैको परीक्षा सोचे जस्तो नहुने गरेको छ । थोरै नम्बर ल्याउने विद्यार्थी सङ्ख्या पनि यही विषयमा हुने गर्छन् तर नेपाली विषयमा पनि समयको व्यवस्थापन गरी प्रश्न राम्रोसँग बुझेर लेख्ने हो भने नम्बर बढ्ने सम्भावना बढी हुन्छ । यसै सवालमा एसईई परीक्षालाई केिन्द्रत गरेर विश्वनिकेतन माध्यमिक विद्यालयका नेपाली विषय शिक्षक तथा पाठ्यक्रम विकास केन्द्रका विषयगत विज्ञ रहनुभएका केदारप्रसाद दाहालले निम्न सुझाब दिएका छन् :
१. परीक्षाहलमा १० देखि १५ मिनेट अगाडि पुग्ने । साथै आपूmले लाने प्रवेशपत्र लगायतका सामग्री बोक्न नर्बिसने ।
२.उत्तरपुस्तिकामा सिम्बोल नम्बर अङ्क र अक्षरमा केरमेट नगरी लेख्ने ।
३. परीक्षार्थीले हाजिरी फाराममा उत्तरपुस्तिका नम्बर लेख्न नबिर्सने ।
४.मूल प्रश्न नम्बर तथा उप प्रश्न नम्बर स्पष्ट लेख्ने ।
६. अनावश्यक ठाउँ नछोड्ने र दुबै पेजमा लेख्ने । साथै सफा र मझौला अक्षरमा लेख्ने ।
७. वर्णविन्यासमा ध्यान दिने । वर्ण लेख्दा सुरु र बिचमा आउने इकार, उकार तत्सम शब्द बाहेक तद्भव र आगन्तुकलाई ह्रस्व लेख्ने ।
कुन प्रश्नबाट कति पूर्णाङ्कको प्रश्न आउँछ ख्याल गर्नुपर्ने कुरा
एसईईको नोपाली विषयमा मूल प्रश्न १८ वटा हुन्छन् । जसमा २४ नम्बरको व्यकरण तहका ९ वटा प्रश्न रहन्छन् ।
प्रश्न नं. १० मा बोध तहको दृष्टांश पाठको ५ अङ्को शब्दभण्डार, वाक्यतह र पाठगत प्रश्न रहन्छन् ।
प्रश्न नं. ११ मा बोध तहको अदृष्टांश अनुच्छेद दिई ५ पूर्णाङ्कको बोधात्मक प्रश्न दिइन्छ । प्रश्न नं. ११ मा सारांशको लागि पाठबाट दृष्टांश अनुच्छेद दिई ५ पूणाङ्कको एक प्रश्न सोधिन्छ ।
प्रश्न नम्बर १३ मा ४ पूर्णाङ्कको स्वतन्त्र रचनाबाट (कथा, जीवनीमध्येबाट एक तथा वादविवाद,संवाद, मनोवाद, चिठीमध्येबाट एक गरी दुई प्रश्न दिइन्छ । त्यसबाट कुनै एक प्रशनको उत्तर दिनु पर्दछ ।
प्रश्न १४ मा ४ पूर्णाङ्कको सप्रसंग व्याख्या
प्रश्न १५ मा ८ पूर्णाङ्कको निर्देशित अंश दिई दिएर सङ्क्षिप्त उत्तरात्मक उच्च दक्षता तहको तीन प्रश्न सोधिने छन् ।
प्रश्नप्रश्न १६ मा ४ पूर्णाङ्कको उच्च दक्षता अन्तर्गत एउटा तार्किक प्रश्न सोधिने छ । प्रश्न १७ मा ८ पूर्णाङ्कको विवेचनात्मक, उच्च दक्षताको दुई वटा प्रश्न सोधिने छन् र कुनै एकको उत्तर दिनु पर्ने छ ।
प्रश्न १८ मा ८ पूर्णाङ्कको स्तन्त्र रचना अन्तर्गत निबन्धबाट प्रश्न सोधिने छ ।
परीक्षामा व्यकरणको उत्तर लेख्दा ध्यान दिनुपर्ने कुराहरू
प्रश्न नम्बर १ देखि ९ सम्म शब्द भण्डार, हिज्जे, वाक्य तत्त्व स्वतन्त्र वाक्यरचना वर्णन लगायत विषयसँग सम्बन्धित प्रश्न सोधिने छन् । यसमा प्रश्नको निर्देशनलाई पालना गरी उत्तर लेख्नुपर्छ ।
२. अनावश्यक केरमेट नगरी लेख्ने ।
३. प्रश्न निर्देशनलाई पटक पटक ध्यान दिई स्पष्ट उत्तर लेख्ने ।
कुन प्रश्नको उत्तर कसरी लेख्ने यस्ता छन् उपाय
(क) प्रश्न नम्बर १० मा पाठभित्रकै कथा जीवनी, निबन्ध, प्रबन्धबाट १५० शब्दसम्मको अनुच्छेद सोधिने छ । त्यसमा शब्दभणर र भाषा तत्वगत ३ वटा र पाठगत दुई वटा प्रश्न सोधिनेछन् । भाषा तत्त्व अन्तर्गत कारक विभक्ति पहिचनबाट १, विपरीतार्थक, पर्यावाची शब्द र अनेकार्थी शब्द पहिचान गरी त्यसलाई वाक्यमा प्रयोग गर्ने १, र सरल मिश्र वा संयुक्त वाक्य पहिचान गरी वाक्य परिवर्तन गर्ने १ प्रश्न हुनेछन् ।
(ख) प्रश्न नम्बर ११ मा बोध प्रश्नहरू सोधिने छन् । यस प्रश्नमा अदृष्टांश अनुच्छेद रहनेछ । जसमा तथ्य परक, सन्दर्भ बोधक , प्रक्रिया बोधक गरी ५ वटा प्रश्न हुन्छन् । यस्ता प्रश्नमा विद्यार्थीहरूले एक वा दुई वाक्यमा उत्तर लेख्नुपर्छ ।
(ग) प्रश्न नम्बर १२ मा बुँदा टिपोट र सारांश अन्तर्गतको प्रश्न सोधिनेछ । यो प्रश्नको उत्तर लेख्दा विद्यार्थीले निम्न अनुसार बुँदा टिपोट गनुपर्छ :
१. निर्दिष्ट अनुच्छेदमा रहेका वाक्य गणना गर्ने ।
२. उक्त वाक्यलाई ४ ले भाग गरी भागफलको सङ्ख्या बराबर वाक्यबाट बुँदा तयार गर्ने ।
३. बुँदामा असमापिकाक्रियाको प्रयोग गर्ने ।
४. त्यसपछि सारांश लेखन गर्ने र सारांशको शीर्षक दिने, मूल अनुच्छेद र सारांशको शब्द सङ्ख्या खुलाउने ।
(घ) प्रश्न नम्बर १३ मा स्वतन्त्र रचना अन्तर्गतका दुईवटा प्रश्न हुन्छन् । यसमा कथा,जीवनीमध्येबाट एक, सम्वाद, मनोविज्ञान वादविवाद र चिठीबाट एक गरी दुई प्रश्न सोधिन्छन् । दुईमध्ये कुनै एकको मात्र उत्तर दिनुपर्छ ।
(ङ) प्रश्न नम्बर १४ मा भाव विस्तार तथा सप्रसङ्ग व्याख्या अन्तर्गत प्रश्न सोधिन्छन् । यसभित्र कथा, कविता, जीवनी र निबन्ध पाठमध्येबाट कुनै दुईवटा विशिष्ट पंक्ति दिई कुनै एकको उत्तर दिनुपर्छ । यो प्रश्नको उत्तर लेख्दा पहिलो अनुच्छेदमा पाठ तथा लेखको परिचय, उक्त उद्धरणको एक वाक्यमा आशय लेख्ने । दोस्रो अनुच्छेमा सन्दर्भ सहित व्याख्या गर्ने र तेस्रो अनुचछेदमा निष्कर्ष दिनुपर्छ ।
(च) प्रश्न नम्बर १५ मा कथा, कविता, जीवनी, निबन्ध÷प्रबन्ध आदिबाट सन्दर्भ सहित दिएका तीन प्रश्न मध्ये कुनै दुई प्रश्नको उत्तर हल गर्नुपर्छ । प्रत्येक प्रश्नको सन्दर्भको तल सोधिएका ज्ञान तहका दुई दुई वटा प्रश्नको ढपलाई सङ्क्षिप्त उत्तर दिनुपर्छ । यसमा मूलभाव, घटना, चरित्र चित्रण, सन्देश, परिवेश आदि विषयवस्तुसंग सम्बन्धित प्रश्न सोधिन्छन् ।
(छ) प्रश्न नम्बर १६ मा तार्किक शिल्प अन्तर्गत कथा, जीवनी, निबन्ध, आदिको कुनै सन्दर्भ दिई तर्कले पुष्टि गर्ने उच्च दक्षताको प्रश्न सोधिन्छ । यसको उत्तर लेख्दा आफ्नो विचारले पुष्टि गरी तर्क दिएर उठाइएको समस्याको समाधान हुनेगरी उत्तर लेख्नुपर्छ ।
(ज) प्रश्न नम्बर १७ मा विवेचनात्मक अन्तर्गत कथा, कविता, जीवनी, निबन्धबाट सन्दर्भ दिई दुई वटा प्रश्न सोधिने भएकोले विद्यार्थीले परीक्षामा दिइएको निर्दिष्ट अंश पढेर त्यसको विश्लेषणात्मक, समीक्षात्मक तथा सिर्जनात्मक शैलीमा उत्तर लेख्नुपर्छ । प्रश्नलाई बुझेर त्यसको आसय खुल्ने गरी विवेचनात्मक उत्तर लेख्नुपर्छ । यसको अङ्कभार ८ हुने भएकोले सोही आधारमा परिचय, विश्लेषणात्मक र निष्कर्षात्मक ढङ्गले उत्तर दिनुपर्छ ।
(झ) प्रश्न नं. १८ मा निबन्ध लेखनको प्रश्न सोधिने छ । आत्मपरक १ र वर्णनात्मक शैलीका तीन शीर्षक दिई कुनै एकको उत्तर लेख्न निर्देशन गरिएको हुन्छ । यसको अङ्कभार ८ हुने भएकोल उत्तर लेख्दा विषय परिचय, विषयवस्तुको वर्णन वा व्याख्या र अन्तमा निष्कर्ष दिई उत्तर लेख्नुपर्छ ।