शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरु २९.९ प्रतिशत

काठमाडौं/१७ चैत-राष्ट्रिय जनगणना २०७८ अनुसार प्लस २ वा सो सरह वा सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेका व्यक्तिहरुको बारेमा अध्ययन गर्दा सबै भन्दा धेरै व्यक्तिहरुले व्यवस्थापन विषय अध्ययन गरेको देखिएको छ । दोस्रो स्थानमा शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरु रहेका छन् ।


जनगणनाको नतिजा अनुसार व्यवस्थापन विषय पढ्ने व्यक्तिहरु ३५.१ प्रतिशत रहेको देखिएको छ । शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरु २९.९ प्रतिशत सहित दोस्रो स्थानमा रहेका छन् भने मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरु ११.५ प्रतिशत सहित तेस्रो स्थानमा रहेका छन् ।


विज्ञान, स्वस्थ्य,चिकित्साशास्त्र, इन्जिनियरिङ, कम्प्युटर, सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान,पशुचिकित्सा, मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरु क्रमशः ७.१ प्रतिशत, ४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३ प्रतिशत, र ०.२ प्रतिशत रहेको छ ।

त्यसैगरी लैङ्गिक आधारमा विश्लेषण गर्दा सबै भन्दा धेरै ३६.९ प्रतिशत पुरुषहरुले व्यवस्थापन विषय अध्ययन गरेको देखिएको छ । साथै धेरै महिलाहरु ३६.१ प्रतिशतले शिक्षाशास्त्र अध्ययन गरेका छन् । मानविकी तथा सामाजीकशास्त्र अध्ययन गर्ने महिला र पुरुषहरु ११.६ प्रतिशत अर्थात बराबर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *