काठमाडौं/१६ चैत-शिखर स्कुल र काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन बिच विभिन्न किसिमका शैक्षिक तालिम शिक्षण सिकाइ, मूल्याङ्कन लगायत शिक्षण सिकाइका लागि विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने सम्झौता भएकोछ ।
शिक्षकको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने, शिक्षकहरुलाई आवश्यक तालिम प्रदान गर्ने, व्यवसायिक सिप, ज्ञान जस्ता क्रियाकलाप सञ्चालन गर्ने उदेश्यले सम्झौता गरिएको हो । तालिम प्राप्त शिक्षकहरुले विद्यार्थीको मनोविज्ञान बुझेर पढाउन सक्ने र नयाँ नयाँ शिक्षण पद्धति र सामाग्रीहरुको प्रयोग गर्न सक्षम हुनेछन् ।
“हासौँ, पढौँ र बाचौँ”भन्ने उदेश्यको साथ शिखर स्कुलको शिक्षा समयानुकूल हुनुका साथै विद्यार्थीहरुलाई विषयगत शिक्षण सिकाइ क्रियाकपालहरु सञ्चालन, नियमन र गुणस्तरीय शिक्षाको विकास गर्नुका साथै विद्यार्थीहरुलाई क्षमतावान्, र विद्यावनन बनाउने र शिक्षाको गुणस्तरियताका लागि कक्षा व्यवस्थापन विषयगत पहिचान गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने यस सहकार्यको उदेश्य रहेको छ ।
शिखर स्कुलका तर्फबाट उक्त स्कुलकी प्रधानाध्यापक एन्जिला बिष्ट र काठमाडौं विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेसनका डीन प्रा.डा.बालचन्द्र लुइटेलको बिच सहकार्य गर्ने सहमतिमा हस्ताक्षर गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा शिखर स्कूलका प्रबन्ध निर्देशक निश्क शाक्य, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन,स्टिम विभाग प्रमुख विनोद प्रसाद पन्त कार्यक्रम संयोजक डा.पार्वती ढुङगाना, सन्दीप ढुंगाना, नेत्र मानन्धर, निरज दाहाल र शिब मैनाली लगायतको उपस्थिति रहेको थियो ।