त्रिविले परीक्षा केन्द्र टाढा राखेको भन्दै पनिकामा ताला

काठमाडौँ /१० चैत-परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियुले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । विद्यार्थीलाई दुःख दिने मनासयले त्रिविले परीक्षा केन्द्र टाढा राखिएको भन्दै ताला लगाएको हो ।


१२ चैतदेखि सचालन हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र विद्यार्थीलाई दुःख दिने अभिप्रायले धेरै टाढा राखिएको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् ।


ज्ञापन पत्रमा भनिएको छ “अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेदेखि सुरु हुन गइरहेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र विद्यार्थीलाई दुख दिने अभिप्रायले धेरै टाढा राखिएको प्रति अनेरास्ववियु गम्भिर ध्यनाकार्षण भएको छ ।”


यस विषयमा त्रिवि जिल्ला कमिटीले पटकपटक ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको हुँदा दबाब स्वरूप तालाबन्दी गरिएको र माग पुरा नभएसम्म ताला नखुल्ने ज्ञापनपत्रमा उल्लेख छ । त्रिविले भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *