निमावि तह शिक्षक पदमा लिने परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यहाँबाट गर्नुहोस प्रिन्ट)

काठमाडौं/१० चैत–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको छ । आगामी बैशाख ९ गते सञ्चालन गरीने तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको हो ।


शिक्षक सेवा आयोगबाट २०७९ माघ २७ गते प्रकाशित तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले आयोगको आधिकारीक अनलाइन दरखास्त प्रणालीबाट प्रवेश पत्र प्रिन्ट गर्न सक्ने छन् ।


दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले सूचनामा उल्लेख गरिएको छ । साथै प्रवेशपत्रको प्रतिलिपि दिने व्यावस्था नभएकोले प्रवेश पत्र सुरक्षित साथ राख्न आग्रह गरेको छ ।

यहाँबाट गर्नुहोस प्रिन्ट :

https://online.tsc.gov.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *