काठमाडौं /१० चैत-यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को सम्पूर्ण तयारी पुराभएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आगामी चैत्र १७ गते बिहान ८ बजेदेखि चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुराभएको जनाएको हो ।
परीक्षाका लागि उपत्यका(काठमाडौं, भक्तपुर र ललितपुर) बाहेक प्रश्नपत्र, उत्तरपुस्तिका साथै परीक्षासँग सम्बन्धीत सबै सामाग्री सबै जिल्लामा पुर्याइसकेको बोर्डले जानकारी दिएको छ ।
यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी हुँने भएका छन् । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना गरी कूल ५ लाख १६ हजार ५सय ९१ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जना सहभागी हुने भएका छन् ।
२ हजार ३७ वटा परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । बोर्डले साधारण शिक्षा, परम्परागत शिक्षा (संस्कृति, वेदविद्याश्रम, गोनय र मदरसा), प्राविधिक तथा व्यवसायिक शिक्षा गरी तीन धारका परीक्षार्थी रहने जनाएको छ ।