काठमाडौं/८ चैत-शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन भोलि गर्ने भएको छ । योगले प्राविधिक कठिनाई नभए भोलि चैत ९ गते बिहिबार विज्ञापन गर्ने तयाारी गरेको हो ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भोलि प्राथमिक तहको विज्ञापन गरिने जानकारी दिए । उनले खबर एजुकेशनसँग कुरा गर्दै भने ‘प्राविधिक कठिनाई नआए भोलि प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन गर्छौ । त्यसै अनुसारको तयारि गरेको छौं ।’
आयोगले ६ हजार १३ जना प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन गर्न लागेको हो ।