शिक्षक सेवा आयोगमा बजेट अभाव, १२ गतेसम्म बजेट नआए परीक्षा रोकिने

काठमाडौं/८ चैत बजेट-अभावका भएपछि माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा प्रभावित हुने भएको छ । अर्थमन्त्रालयले उपलब्ध गराएको बजेट सकिएको र बाँकी परीक्षा सञ्चालनका लागि बजेट नभएको कारण प्रभावित हुने देखिएको छ ।


शिक्षक सेवा आयोगसँग तलब भत्ताका लागि मात्रै बजेट रहेको तर, परीक्षा सञ्चालनका लागि बजेट नभएका कारण परीक्षा सञ्चालनमा समस्या आएको आयोगका अध्यक्ष मधु प्रसाद रेग्मीले बताए । उनले परीक्षा सञ्चालन, व्यवस्थापन, प्रश्न पत्र ढुवानी गर्न आयोगसँग बजेट नभएको र यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको बताए ।


उनले भने ‘अहिले आयोगसँग पैसा छैन, अर्थमन्त्रालयसँग बजेट माग गरेको छौं । मावि तहको परीक्षा चैत १८ गतेलाई तोकिएको छ । यदी अर्थ मन्त्रालयले चैत १२ गतेसम्म बजेट दियो भने परीक्षा सञ्चालन गर्न सक्छौं । अन्यथा १८ गतेको परीक्षा स्थगन गरेर मिति सार्नुपर्ने हुन्छ ।’


अर्थमन्त्रालयले गत वर्ष जस्तै गरेर बजेट दिएपनि गत वर्षहरुमा काम कम भएको तर अहिले २ सय प्रतिशतले काम थपिएका कारण बजेट सकिएको र बँकी कम गर्न बजेट अभाव भएको अध्यक्ष रेग्मिले खबर एजुकेशनलाई बताए ।


आयोगले पुस २५ गते माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *