अर्को महिनादेखि एनओसी सम्बन्धी निर्देशिका कार्यान्वयनमा आउने

काठमाडौं/३ चैत–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्विकृति व्यवस्थापन निर्देशिका २०७९’ अर्को महिनादेखि कार्यान्वयनमा ल्याउने भएको छ । निर्देशिकालाई शिक्षा मन्त्रालयले अनुमोदन गरिसकेको र कार्यान्वयन अर्को महिना अर्थात बैशाखदेखि ल्याउने भएको हो ।


शैक्षिक परामर्श संस्थाहरुको क्रियाकलापलाई नियमन गर्न, उनीहरुलाई जिम्मेवारी बनाउन र राजस्व छलि नहोस भनेर निर्देशिका ल्याउन लागिएको मन्त्रालय स्रोतले जनाएको छ । निर्देशिका कार्यान्वयनमा आएपछि एनओसीको सम्पूर्ण काम अनलाइनबाटै गरिनेछ । मन्त्रालयले अध्यागमन विभाग, बैंक, नेपालका विश्वविद्यालयहरु, राष्ट्रिय परीक्षा बोर्ड, नागरिक एप लगायतसँग अनलाइन मार्फ सम्पूर्ण विवरण (एपिआइ)इन्ट्रिग्रेड गर्नेछ ।


अहिलो राष्ट्रिय परीक्षा बोर्ड, नागरिक एपसँग इन्ट्रिग्रेड गरिसकेको र जारी गरेको एनओसीबाट मुद्रा सटही गरेको विवरण अनलाइनबाट रुजु गर्न सक्ने प्रविधि सम्बन्धमा पृष्टपोषण लिने कार्य सकिएको छ ।


मन्त्रालयका अनुसार सबै संस्थाहरुसँग (एपिआई)इन्ट्रिग्रेड भएपछि अटोनोमस भेरिफिकेशन गरेर एनओसी अनलाईबाटै जारि गर्ने र विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् । साथै म्यानुअल भेरिफिकेशनमा पनि भेरिफिकेशन मात्रै म्यानुअल गरिने तर,एनओसी जारि अनलाइनबाटै हुनेछ ।


साथै मन्त्रालयले अहिलेसम्म एनओसी लिएका कति विद्यार्थी उच्च शिक्ष अध्ययनका लागि विदेश गए भन्ने कुनै तथ्याङ्क राख्न सकेको छैन । तर अनलाइन प्रणालिमा गइसकेपछि अध्यागमनसँग इन्ट्रिग्रेड गरिने र कति विद्यार्थी कुन देशका लागि बाहिरिए एकिन हुने बताउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *