बालबालिकालाई स्वतन्त्र रुपमा पढ्न दिनुपर्नेमा जोड

ललितपुर/२८ फागुन–ललितपुर, नख्खु, स्थित सुदेशा स्कूलले जुनियर तहको अभिभावक दिवस मनाएको छ । फागुन २७ गते अभिभावक, विद्यार्थी, विद्यालय कर्मचारी र विभिन्न विज्ञहरु विच अभिभावक दिवस मनाएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पितम्बर न्यौपानेले भने ‘हामी अभिभावक, शिक्षकले बालबालिकालाई खाली बोत्तल जस्तै मान्छौं र पानी भर्ने काम गर्छौ । तर बालबालिका खाली बोत्तल होइन । बालबालिका एउटा बिउ हो यदि त्यसले राम्रो माटो, सही समयमा गोलमेड, सही मात्रामा पानी,मल पायो भने धेरै राम्रो र फल पनि धेरै दिन्छ ।’ पिपलको रुखको उदाहरण दिँदै, एउटा चराले पिपलको बिउलाई ढुंगाको चेपमा बिष्ट्यायो भने त्यहाँ पनि उम्रिन त उम्रिन्छ तर, राम्रोसँग आकार लिन पाउँदैन । त्यही विउले राम्रो माटो पायो भने आफु राम्रो भएर अरुलाई छहारी पनि दिन्छ । त्यसैले बालबालिका त्यही विउ हो उनीहरुसँग क्षमता छ । हाम्रो काम भनेको त्यो क्षमतालाई बाहिर निकाल्ने वातावरण दिने हो ।


उनले सुदेशा स्कुलले विउरुपी बालबालिकालाई सहि वातावरण दिएको, पानी खन्याउने भन्दा बालबालिकाको क्षमता प्रस्फुटन गर्न लागि परेको र उनीहरुलाई संस्कारसँग गुणस्तिरीय शिक्षा दिन सफल भएको बताए ।


अतिथि राजेन्द्र दाहालले बालबालिकालाई स्वतन्त्र रुपमा उनिहरुकै तरिकाले पढ्न दिनुपर्नेमा जोड दिए । उनले अभिभावकले दबाब दिने भन्दा पनि उनिहरुलाई चित्र बनाउँदा, संगित सुन्दा, कथा पढ्दा वा उनिहरुलाई मनलागेको कुरा गर्न दिइयो भने प्रतिभा बाहिर अउने र भविष्यमा राम्रो गर्न सक्ने बताए ।


कार्यक्रममा बालबालिकाले विभिन्न प्रस्तुति देखाएका थिए भने शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *