हटेको छैन कक्षा ९ र १० बाट अतिरिक्त गणित : पाठ्यक्रम विकास केन्द्र

काठमाडौं/७ फागुन–पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा अतिरिक्त गणित पठनपाठन भइरहेको बताएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले केही सञ्चार माध्यमले कक्षा ९ र १० मा गणित (अतिरिक्त विषय हटाइएको) भनी भ्रामक समाचार संप्रेषण गरेको भन्दै मंगलबार सूचना जारी गर्दै केन्द्रले पठनपाठन भईरहेको जानकारी दिएकाे हाे । विद्यालयमा अतिरिक्त गणित पठनपाठन भइरहेको बताउँदै उनले भने,“कक्षाकोठामा पठनपाठन भइरहेको विषय हटायो भनेर आधिकारिक जानकारी नै नलिइ समाचार संप्रेषण हुँदा दुःख लागेको छ ।”
केन्द्रले आगामी शैक्षिक सत्र २०७७ मा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *