ब्लूवर्ड मेला २०७६

नाम : फिराेजा अफरिन

कक्षा : ९

स्कुल : ब्लुवर्ड माध्यमिक स्कुल

गत शनिबार, फागुन ३ गतेको दिन ब्लूवर्ड मा. विद्यालयले आफ्नै विद्यालय प्राङ्गणमा प्रथम ब्लूवर्ड मेला आयोजना गरेको थियो।उक्त मेलाको उद्घाटन प्रमुख अतिथिका रुपमा पाल्नु भएका प्याब्सन ललितपुर जिल्ला समितिका अध्यक्ष श्री राधेकृष्ण महर्जन ज्यूबाट भएको थियो।

उक्त कार्यक्रममा ब्लूवर्ड एजुकेसन नेटवर्कका सि.इ.ओ. श्री वीर सिंह क्षेत्री लगायत सल्लाहकार यज्ञ ब. के.सी. पनि विषेश अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक उमेर सुहाउँदा खेलका स्टलहरु राखिएको थियो। ७ वर्षभन्दा मुनिका बालबालिकाहरुका लागि ‘म्याचिङ्ग डक्स’, ‘बलिङ्ग’ जस्ता खेलहरु साथै ठुलाहरुका निम्ति ‘स्कोर हिरो’ ,’डार्ट गेम’, ‘लक्की कि’, ‘कार रेस’ जस्ता खेलहरु विद्यार्थिहरु आफैले आयोजना गरेका थिए। उक्त मेलामा ‘बिङ्गो’ खेल पनि खेलाएको थियो। उक्त मेला खानाका लागि थुप्रै स्टलहरु पनि राखिएको थियो जसमध्ये म:म:, नेवारी खाजा सेट, बर्गर, ससेज, आइस क्रीम, पानी पुरी इत्यादि मेलामा आउने मानिसहरुले बढी रुचाएका थिए। खाना र खेल मात्रै नभएर मेलामा आउने मानिसहरूको थप मनोरञ्जनको निम्ति विद्यार्थीहरुले स्टेजमा उत्रेर विभिन्न किसिमका नृत्य साथै गीतहरु पनि गाएका थिए। उक्त कार्यक्रममा ब्लूवर्ड कलेजका विद्यार्थीहरुले पनि नृत्य प्रदर्शन गरेका थिए भने आफ्नो नृत्यले स्टेज तताउन “ह्याण्ड टु ह्याण्ड” क्रु लगायत “बिट द फायर” क्रुले पनि प्रतिभा प्रदर्शन गरेका थिए। सो कार्यक्रमको मुख्य आकर्षक भने “भ्वाइस अफ नेपाल-सिजन १” का प्रतियोगी विवेक लामा थिए। उनको गीतहरुमा दर्शकहरु मज्जाले झुमेका थिए। 


मेलामा आयोजनामा प्रज्ञा मा. वि., कोटेश्वोर, श्रीकुल विद्यालय, नख्खु, आदर्श विद्या सदन, ग्वार्को, मन्जुश्री विद्यालय, धोबिघाट, अनाल ज्योती विद्यालय, ढोलाहिटी लगायत विभिन्न विद्यालयहरुका तथा प्री-स्कुलहरुका प्रधानाध्यापकहरु तथा विद्यार्थिहरु उपस्थित थिए।


उक्त मेला आयोजना गर्नुको मुख्य उद्देश्य कोष संकलन गरि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्नु थियो। उक्त मेलामा मानिसहरुको बाक्लो उपस्थिति  साथै भव्य र सव्य भएको कारणले आगामी वर्ष पनि मेला आयोजना गर्ने प्रोत्साहन विद्यालयलाई मिलेको छ। साथै मेला आयोजना गरी सफल पार्न सहयोग तथा प्रायोजन गर्नु हुने विद्यार्थीहरु, शिक्षकवर्ग, अभिभावकवर्ग तथा विभिन्न प्रायोजकहरुलाइ धन्यवाद ज्ञापन गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *