काठमाडौं/१५ पुस-विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिलगर्न अपरिहार्य जस्तै बनेको छ, व्यक्तिको वाचनकला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकासलाई टेवा पु¥याउनका लागि काठमाडौंको तिनकुने स्थित ट्रिटन इन्टरनेशनल मा.वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १ कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययनरत कक्षा ११, १२ का विद्यार्थीहरुलाई कक्षाकोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्ति विकासमा देखाउने उद्धेश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक – सिजन १ कार्यक्रम व्यवस्थापक कमान सिहं आरसिले बताए ।

विभिन्न विषय वस्तु समेटि ११ वटा शिर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थियए । उक्त कार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत भएका थिए । कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षकहरुबाट पनि जिज्ञासा राखि विज्ञ मार्पmत भनाईहरु राखिएको थियो ।
ट्रिटन टक – सिजन १मा साच्चिकै विभिन्न व्यवसायिक प्रस्तुतीमा हुने सबै प्रक्रिया पुरा गरिएको महसुस विद्यालयका प्रचार्य स.प्रा. मदन शाक्यले बताए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रभावकारी हुने, विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्य विद्यार्थीहरुलाई हौसला मिल्ने धारणा राखेका थिए ।