शिक्षामा ठुलो लगानी गरे पनि अपेक्षित उपलब्धी हासिल हुन सकेन : पुर्वमन्त्री गिरि

चन्द्र कान्त खनाल
रूपन्देही/६पुष-समुदाय र राज्यले शिक्षामा ठुलो लगानी गरिरहेपनी शिक्षा क्षेत्रले अपेक्षित उपलब्धी हासिल गर्न सकेको छैन र यसो हुनुमा नितिगत, राजनैतिक र प्रशासनिक कमजोरी भएको पुर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभाका सभाषद लिला गिरिले बताए । कालिका मानवज्ञान माबीको ६२ औ वार्षिकोत्सबको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गिरिले उक्त कुरा बताएका हुन।


कार्यक्रममा बोल्दै सभाषद गिरिले समाजका आवश्यकता र आशाहरु धेरै भएको र यी आवश्यकता र आशाहरु पूरा गर्नका लागि रुपन्देहिका केहि सामुदायिक विद्यालयहरुले पनि आशलाग्दा कामहरु गरेर देशका शिक्षा क्षेत्रको लागि उदाहरण प्रस्तुत गरेकोमा प्रशंसा गरे ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयका अवसर र चुनौतिहरुको चर्चा गर्दै तिनै तहका सरकारहरुको सहयोग, अभिभावकको साथ र विस्वास अनि शिक्षकहरुको लगनशिलताबाट कालिकाले शिक्षा क्षेत्रमा आशलाग्दो गोरेटो कोर्न सकेको बताए ।


उक्त कार्यक्रममा विद्यालयमा स्थापित ५५ वटा अक्षयकोषबाट १३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
विद्यालयको ६२ औं वार्षिकोत्सब मूल समारोह पुस ७ गते हुने र उक्त कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मान , शिक्षा पत्रकारिता पुरस्कार वितरण तथा दोश्रो कालिका रनिङ शिल्ड विजेता विद्यालयलाई शिल्ड प्रदान गर्ने लगायतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *