एनप्याब्सन छोडेर प्याब्सनमा आबद्ध भए १७ स्कुल

काठमाण्डौं/२४ माघ– नेपालगन्ज बाँकेमा रहेका १७ वटा निजी विद्यालयहरू एनप्याब्सन छोडेर बिहीबार प्याब्सनमा आबद्ध भएका छन् ।
बिहीबार भएको शिक्षा नियमावली, नीति तथा नियमका बारेमा आयोजित अभियमुखीकरण बहस कार्यक्रममा उक्त विद्यालयहरू प्याब्सनमा आबद्ध भएको बाँके प्याब्सनका सचिव रोशन श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा आबद्ध हुन आएका सबै विद्यालय प्रतिनिधिहरूलाई प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनिया लगायत बाँके प्याब्सन सदस्यहरुले स्वागत गरेका थिए ।
सचिव श्रेष्ठका अनुसार निर्मलज्योति, कोहलपुर सिटी, मिसन पब्लिक, ज्ञानकुञ्ज, गुरूकुल एजुकेशन सगरमाथा, सिद्धार्थ विद्या सदन, सनलाइट इङलिस् स्कुल, न्यू भिजन लगायतका १७ वटा एनप्याब्सनमा आबद्ध विद्यालयहरू प्याब्सनमा आएका छन् ।
बुधबार मात्रै एनप्याब्सनले नेपालगन्ज र कोहलपुर क्षेत्रका गरि तीनवटा नीजि विद्यालयलाई कारबाही गर्ने घोषणा गरेको थियो । लगत्तै बिहीबार १७ वटा विद्यालयले एनप्याब्सन छोडेका छन् ।
देशभर करीब १० हजार निजी विद्यालयहरूमध्ये अहिले ६ हजार ३ सय विद्यालय प्याब्सनमा आबद्ध रहेका छन् भने प्याब्सनका ७५ जिल्लामा शाखा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *