राप्ती इञ्जिनियरिङ कलेजमा विज्ञान दिवस सम्पन्न

दाङ/२ असोज-राप्ती इञ्जिनियरिङ कलेजमा राप्ती अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा विज्ञान दिवस सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि पतञ्जली योग समिति दाङका अध्यक्ष प्रभारी उदय बहादुर डाँगीले विश्वमा विज्ञानको इतिहास, नेपालमा विज्ञानको इतिहास र नेपालमा हालसम्म विज्ञानसंग भएका उपलब्धीहरुको बारेमा वताउँदै व्यत्तिको सर्वार्णिङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने र विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताए ।


कार्यक्रमका सभाअध्यक्ष, राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले विज्ञानले नयाँ नयाँ अनुसन्धानको कार्य गर्ने र ती कार्यहरु तथ्यपरक हुने बताए । कोरा तथ्यहीन कुरालाई विज्ञानले विश्वास नगर्ने बताए । विश्वका हरेक मुलुक विज्ञानकै कारणले विकसित भएकोले हामी सबैले पनि विज्ञानले गरेको नवीतम कार्यलाई अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।


त्यसै गरी कार्यक्रमका अतिथि पूर्व विद्यायिका सीता विकले विज्ञानको विकासले गर्दा हाल विभिन्न किसिमका सेवा तथा सुविधाहरुलाई हामीले सही तरिकाले प्रयोगर्न सके मात्र विज्ञानलाई सार्थकतामा परिणत गर्न सकिनेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *