विद्यालय परिसरभित्रै दुई वटा स्कूल बसमा आगलागी

काठमाण्डौं/१९ माघ– हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका ना७ख ८७२८ र ना१क ३२१८ नम्बरका दुई वटा बसमा आगलागी भएको छ ।
शनिबार राति बसमा आगलागी भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को बसमा आंशिक क्षति भएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागी किन, कसरी भयो भन्ने अहिले नै पुष्टि गर्न नसकेको प्रहरीले जनाएको छ । सो घटनाको अनुगमनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली घटनास्थलमा पुगेको प्रहरीले जानकारी दिएको छ । साथै याे घटनाकाे घाेर भर्त्सना गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रेश विज्ञप्ती निकालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *