शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं कृति “बुह्रान“ उपन्यास ल्याउने

काठमाडौं/३२ असार-बहुसंख्यक थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने “बुह्रान“ उपन्यास लेखेका हुन् ।


साङ्ग्रिला बुक्सले “बुह्रान“ उपन्यासको आवरण सार्वजानिक गरेसङ्ग “बुह्रान“ उपन्यासलाई धेरैले चाँसोका साथ हेर्न थालेसङ्गै “बुह्रान“ उपन्यासको चर्चा हुन थालेको हो ।


बुह्रान क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याउने भएको छ ।


तीन दशक लामो समयदेखि साहित्य साधानामा क्रियाशील ढकालले पछिल्लो पटक तराई क्षेत्र विशेषगरी बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्धलाई विषयवस्तु बनाइएको “बुह्रान“ उपन्यास ल्याउन थालेका हुन् ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको दस वर्ष नेतृत्व गरेका ढकाल परिचित साहित्यकार मानिनन्छन् । वरिष्ठहरूलाई सम्मान र नव सर्जकहरूलाई उत्प्रेरित गर्दै आएका ढकालका अधिकाशं रचनाहरू राष्ट्रिय भावनाले अभिप्रेरित भएको पाइन्छ । ढकालको पछिल्लो कृति उपन्यासको विषयवस्तु र परिवेशले धेरैको मनमा जिज्ञासा उत्पन्न भएको छ । गैर थारूले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने “बुह्रान“को विषयवस्तु समातेकोले पनि धेरैको नजरमा यो उपन्यास परेको अड्कल गरिएको छ ।


उपन्यासकार ढकालका अनुसार ‘बुह्रान’ उपन्यस जातीय समानता र सहकार्यको कथा हो । जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन् । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।


बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलह्री प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्र्तजातीय विवाह महत्वपूणर् हुन सक्ने कुरा औंल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलह्री, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा ढकालले बताए ।


मैले कम लेखक तथा साहित्यकारहरूले कलम चलाएको विषयवस्तुमा कलम चलाएको छु भन्दै लेख्नै पर्ने दुरगामी महत्व राख्ने थारू पहाडी समुदायको सम्बन्धलाई विषयवस्तु बनाएको र धेरैले सोच्नै पर्ने विषयमा कलम चलाएकोले यो उपन्यास धेरैको रोजाइमा पर्ने कुरामा ढकालले विश्वास गरे ।


विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपूणर् मानिन्छ । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह(२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह(२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह(२०६३), ‘घाम उदाए’ हाइकु सङ्ग्रह (२०६८) र सिमाना मुक्तक सङ्ग्रह(२०७७) यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो । यो उपन्यासको आवरण कलाकार देवेन्द्र थुम्केलीले बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *