आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, देशभर पूजा–आराधना गरी मनाईदै

काठमाण्डौंर/१६ माघ– आज श्रीपञ्चमीका दिन देशभर विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी सरस्वती पूजा मनाइँदैछ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने यो दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस दिन सरस्वतीको मन्दिर गई विद्याकी खानी सरस्वती माताको पूजापाठ तथा आराधना ग¥यो भने बुद्धि, ज्ञान, विवेक बढ्ने जनविश्वास रहेको छ । त्यसैले आज देशभर सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । नेपाली समाजमा यही दिनदेखी नै साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने प्रचलन छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्न सकिने धार्मिक विश्वास रहेको छ ।

त्यसैगरी आजको दिन विभिन्न शैक्षिक संस्थाहरूमा सरस्वतीको पूजापाठ गरि विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्य तरिकाले सरस्वति पूजा मनाईदैं छन् ।

यो दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेरिरहनु नपर्ने विश्वास छ । यो दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *